रसुवाको बाढीपछि २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो « Khabarhub

रसुवाको बाढीपछि २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि सुरक्षाकर्मीसहित २८ जना प्रहरी सम्पर्कविहीन भएका छन्।

टिमुरे बजारमा बिहान करिब ९ बजे आएको आकस्मिक बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टर अम्बिर खत्रीसहित ९ जना सम्पर्कविहीन भएको यसअघि प्राप्त विवरण थियो। टिमुरे क्षेत्रमा खटिएको नेपाल प्रहरीको टोलीसमेत सम्पर्कमा नरहेको बताइएको छ । नेपाल प्रहरीतर्फ कति जना सम्पर्कविहीन छन् भन्ने यकिन विवरण भने आउन बाँकी छ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत ३० जनामध्ये ६ जना बिदामा रहेको र १५ जना सुरक्षित अवस्थामा रहेको स्रोतले जनाएको छ। ड्युटीमा खटिएका ९ जना भने बाढीपछि सम्पर्कविहीन भएका हुन्। बीओपीमा भने बाढीले क्षति नपुर्‍याएको बताइएको छ।

चीनतर्फबाट आएको ठूलो बाढीसँगै लेदो र माटो बजार क्षेत्रमा पसेपछि टिमुरेका घर, पसल, होटल तथा सवारीसाधनमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण छ। बजार रहेको क्षेत्रमा समेत अहिले नदी बगेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

यसैबीच नुवाकोट कारागारमा समेत आकस्मिक बाढी पसेको छ। बाढी कारागारको एक तला माथिसम्म पुगेको कारागार प्रशासनले जनाएको छ।

कारागार प्रशासनका अनुसार बाढीपछि सबै कैदीबन्दीलाई सुरक्षित स्थानमा राखिएको छ। अहिले पानीको सतह घट्ने क्रममा रहेको जनाइएको छ।

रसुवामा आएको बाढी त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा अघि बढिरहेको छ। बाढी पूर्वानुमान महाशाखाले धादिङको गल्छी आसपास पुगेको बाढी केही घण्टामा मुग्लिन पार गर्ने अनुमान गर्दै त्रिशूली नदी आसपासका बस्ती र बजार क्षेत्र खाली गरी सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ११ : ०९ बजे

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा