श्रम तथा रोजगार सम्मेलन असार १५ गते काठमाडौंमा हुने « Khabarhub

श्रम तथा रोजगार सम्मेलन असार १५ गते काठमाडौंमा हुने


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ आयोजना गर्ने भएको छ ।

असार १५ र १६ गते काठमाडौमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

युवा जनशक्तिको प्रचुरता र विकासको सम्भावना भएको  देशमा रोजगारी सिर्जनाद्वारा युवालाई देशको आर्थिक, सामाजिक र भौतिक विकासमा उपयोग गर्ने, आन्तरिक श्रममा युवाको आकर्षण बढाउने, श्रम सम्बन्ध सुदृढ बनाउने, श्रम र रोजगारीका नवीनतम र सृजनात्मक पाटाहरु उजागर गरी यस क्षेत्रको विकास द्वारा गतिशिल अर्थतन्त्रको निर्माणका लागि सम्मेलन आयोजना गर्न लागेको मन्त्रालयले पत्रकारसम्मेलन आयोजना गरी जानकारी दिएको छ ।

देशको समग्र समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यले सम्बद्ध सबै सरोकारवालापक्षको सार्थक र अर्थपूर्ण सहभागितामा राष्ट्रिय सम्मेलन गरी नीति सुधारमासाझा दृष्टिकोण र समन्वयात्मक पहलकदमीको थालनी गर्न सबै सरोकारवालाहरुको सहभागितामा राष्ट्रिय श्रम तथारोजगार सम्मेलन, २०७६ आयोजनागर्न लागिएको मन्त्रालयले जानाएको छ ।

नेपाली श्रम बजारको आवश्यकता र श्रम शक्तिको सिपको अवस्थाको विश्लेषण गरी समस्या समाधानका उपायहरुको खोजी गर्ने श्रम तथा रोजगार सम्मेलन गर्ने लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले जानकारी दिएका छन् ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने र कार्यक्रममामा. श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्ट गर्नु हुने मिति तय भएको छ ।

सम्मेलनमा स्थानीय तहका जनप्रतिनिधि, बिषयविज्ञ, प्राज्ञिक ब्यक्तित्वतथा अनुसन्धानकर्ता, रोजगारदाता, तालिमप्रदायक संस्था, नमूनाउ धमीहरु, सहकारी क्षेत्र, श्रमिक युनियनका प्रतिनिधीगायतका विभिन्न संस्था, विधातथा पेशाका क्षेत्रगत प्रतिनिधित्व रहने गरी ३ सय ५० जनाभन्दा बढीले सहभागिता जनाउने मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ५ : ४५ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर