श्रम तथा रोजगार सम्मेलन असार १५ गते काठमाडौंमा हुने « Khabarhub

श्रम तथा रोजगार सम्मेलन असार १५ गते काठमाडौंमा हुने


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ आयोजना गर्ने भएको छ ।

असार १५ र १६ गते काठमाडौमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

युवा जनशक्तिको प्रचुरता र विकासको सम्भावना भएको  देशमा रोजगारी सिर्जनाद्वारा युवालाई देशको आर्थिक, सामाजिक र भौतिक विकासमा उपयोग गर्ने, आन्तरिक श्रममा युवाको आकर्षण बढाउने, श्रम सम्बन्ध सुदृढ बनाउने, श्रम र रोजगारीका नवीनतम र सृजनात्मक पाटाहरु उजागर गरी यस क्षेत्रको विकास द्वारा गतिशिल अर्थतन्त्रको निर्माणका लागि सम्मेलन आयोजना गर्न लागेको मन्त्रालयले पत्रकारसम्मेलन आयोजना गरी जानकारी दिएको छ ।

देशको समग्र समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यले सम्बद्ध सबै सरोकारवालापक्षको सार्थक र अर्थपूर्ण सहभागितामा राष्ट्रिय सम्मेलन गरी नीति सुधारमासाझा दृष्टिकोण र समन्वयात्मक पहलकदमीको थालनी गर्न सबै सरोकारवालाहरुको सहभागितामा राष्ट्रिय श्रम तथारोजगार सम्मेलन, २०७६ आयोजनागर्न लागिएको मन्त्रालयले जानाएको छ ।

नेपाली श्रम बजारको आवश्यकता र श्रम शक्तिको सिपको अवस्थाको विश्लेषण गरी समस्या समाधानका उपायहरुको खोजी गर्ने श्रम तथा रोजगार सम्मेलन गर्ने लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले जानकारी दिएका छन् ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने र कार्यक्रममामा. श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्ट गर्नु हुने मिति तय भएको छ ।

सम्मेलनमा स्थानीय तहका जनप्रतिनिधि, बिषयविज्ञ, प्राज्ञिक ब्यक्तित्वतथा अनुसन्धानकर्ता, रोजगारदाता, तालिमप्रदायक संस्था, नमूनाउ धमीहरु, सहकारी क्षेत्र, श्रमिक युनियनका प्रतिनिधीगायतका विभिन्न संस्था, विधातथा पेशाका क्षेत्रगत प्रतिनिधित्व रहने गरी ३ सय ५० जनाभन्दा बढीले सहभागिता जनाउने मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ५ : ४५ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते