श्रीलंकाद्वारा दक्षिण अफ्रिकासामू २०४ रनको कमजोर लक्ष्य « Khabarhub

श्रीलंकाद्वारा दक्षिण अफ्रिकासामू २०४ रनको कमजोर लक्ष्य


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगतको जारी खेलमा श्रीलंकाले दक्षिण अफ्रिकालाई २०४ रनको झिनो लक्ष्य दिएको छ ।

दी रिभरसाइड दुर्हाममा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको श्रीलंकाले तीन बल बाँकी रहँदा सबै विकेट गुमाएर २०३ रन मात्रै बनाउन सक्यो ।

शुरुवातदेखि नै विकेट गुमाएको श्रीलंकाका लागि कुनै पनि ब्याट्सम्यानले ३० रन बटाउन सकेनन् । श्रीलंकाविरुद्ध उत्कृष्ट बलिङ गरेको दक्षिण अफ्रिकाका लागि ड्याने प्रेटोरियसले कसिलो बलिङ गरे ।

श्रीलंकाका लागि अभिष्का फेर्नान्डो र कुसल परेराले समान ३०–३० रन बनाए । यस्तै, धनन्जय डे सिल्भाले २४ रन, कुसल मेन्डीस २३ रन बनाउँदा थिसर परेराले २१ रन बनाए ।

टस जितेर पहिलो फिल्डिङको निर्णय गरेको दक्षिण अफ्रिकाका लागि ड्याने प्रेटोरियसले ३ विकेट लिए भने कागिसो रबाडा र क्रिस मोरिसले समान २–२ विकेट लिए भने आन्दीले फेह्लुक्वायो र जेपी डुमिनीले समान १–१ विकेट लिएका थिए ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ७ : ०७ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका