नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा पोखरेल नियुक्त « Khabarhub

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा पोखरेल नियुक्त


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशमा राजन पोखरेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार भएको बैठकले पोखरेललाई प्राधिकरणको महानिर्देशक पदमा नियुक्त गरेको हो ।

मुलुकको हवाई क्षेत्रको नियामक निकाय प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारीमा रहेका पोखरेल महानिर्देशक पदमा पुग्न सफल भएका हुन् ।  मन्त्रिपरिषद् बैठकले महानिर्देशक पदमा नियुक्त गरेको पत्र आज प्राप्त भएको महानिर्देशक पोखरेलले जानकारी दिए ।

पोखरेलले हवाई सुरक्षा र पूर्वाधार निर्माणका साथै समग्र उड्डयन उन्नयममा कटिबद्धताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले वायुसेवा प्रदायक कम्पनीसँग सहकार्य गर्दै नेपालको उडड्यन सुरक्षालाई निरन्तर सुधारका साथै निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा आन्तरिक विमानस्थलको सुदृढिकरण आफ्नो प्राथमिकतामा रहेको उल्लेख गरे ।

महानिर्देशक पोखरेलले युरेपी सङ्घ (इयू) को उडान सुरक्षा सस्ची हटाउन, नेपालको उड्डयन सुरक्षामा उपलब्ध परिणामलाई निरन्तरता दिँदै अझ प्रभावकारी बनाउन, नागरिक उड्डयनको संस्थागत सुधार प्रमुख चुनौती भएको बताएका छन्उ ।

विसं २०४७ मा तत्कालीन हवाई सेवा विभागबाट राजपत्राङिकत तृतीय श्रेणी (प्राविधि सेवा )मा सेवा प्रवेश गरेका पोखरेलसँग नागरिक उड्डयन सुरक्षासँग विशेष अनुभव छ । यसअघि पोखरेल नागरिक उड्डयन सुरक्षा नियमन निर्देशनालयको उपमहानिर्देशको पदमा कार्यरत थिए । उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को उडान सुरक्षा अडिट कार्यक्रमको नेपालको राष्ट्रिय संयोजकका रुपमा काम गरेका छन् ।

पोखरेलले आइकाओले नेपाललाई राखेको गम्भीर सुरक्षा चासोयुक्त मुलुकको सूचीबाट हटाउन र नेपालको उडान सुरक्षामापदण्ड सिफारिस तथा मार्गदर्शन परिपालनको अवस्थालाई आइकाओबाट निर्धारित ६० प्रतिशत को दर भन्दामाथि राखी ६७ प्रतिशत पुर्‍याउन योगदान गरेका थियो । सोही आधारमा नेपालले आइकाओ काउन्सिल प्रसिडेन्सियल सर्टिफिकेट समेत प्राप्त गरेको थियो । पोखरेलको एयर ट्राफिक कन्ट्रोलर, विमानस्थल प्रमुख, हवाई कानुन, हवाई सम्झौता, दुर्घटना जाँच, उड्डयन सुरक्षा नियमनमा अनुभव रहेको छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  १० : ०५ बजे

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ– जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या

लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित