लाइभ अन्तर्वार्तामै यी प्रोफेसरको ज्यान गयो (भिडियोसहित) « Khabarhub

लाइभ अन्तर्वार्तामै यी प्रोफेसरको ज्यान गयो (भिडियोसहित)


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जम्मू कश्मिरकी एक प्रोफेसरको मृत्युको खबरले अहिले विश्वभर भाइरल भएको छ ।

कश्मिरको दूरदर्शन टेलिभिजनको ‘गुडमर्निङ जे एण्ड के’को लाइभ कार्यक्रममा सहभागी हुने क्रममा प्रोफेसर, प्रसिद्ध लेखिका तथा जम्मू कश्मिर एकेडेमीका पूर्व सचिव समेत रहेकी रीता जितेन्दरले प्राण त्यागेकी हुन् ।

उनले सालीन ढंगले अन्तर्वार्ताका क्रममा आफ्नो जीवन संघर्षका बारेमा बताइरहेकी हुन्छिन् । त्यही क्रममा उनी बीचैमा रोकिएको देखिन्छ । त्यसपछि केही माथि हेर्दै अनौठो आवाजसहित सास फेर्न थालेको देखिन्छ । कतिपयलाई यो आवाज बाँडुल्की लागेजस्तो पनि लाग्न सक्छ । क्षणभरमै उनी लाइभ अन्तर्वार्ताको कुर्सीमै अचेत बन्छिन् ।

अन्तर्वार्ताका प्रस्तोता जहिद मुख्तरले क्रममा उनको सास रोकिएपछि कार्यक्रम रोकेर तत्काल उनलाई अस्पताल पुर्याइएको बताएका छन् । तर, डाक्टरहरुले उनलाई अस्पताल ल्याइ पु¥याउन ढिलो भएको बताउँछन् । उनले प्राण त्यागीसकेकी हुन्छिन् ।

सो टेलिभिजन शोमा जाने क्रममा प्रोफेसर जितन्दरले कार्यक्रम प्रस्तोता हफिजा मुजफरसँग आफ्नो मृत्यु भारतका पूर्व राष्ट्रपति एपीजे अब्दूल कलामको जस्तो होस् भन्ने चाहेको बताएकी थिइन् । डा. कलामको समेत काम गर्दा गर्दै मृत्यु भएको थियो ।

यस्तो छ भिडियो

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ६ : ४९ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले