लाइभ अन्तर्वार्तामै यी प्रोफेसरको ज्यान गयो (भिडियोसहित) « Khabarhub

लाइभ अन्तर्वार्तामै यी प्रोफेसरको ज्यान गयो (भिडियोसहित)


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जम्मू कश्मिरकी एक प्रोफेसरको मृत्युको खबरले अहिले विश्वभर भाइरल भएको छ ।

कश्मिरको दूरदर्शन टेलिभिजनको ‘गुडमर्निङ जे एण्ड के’को लाइभ कार्यक्रममा सहभागी हुने क्रममा प्रोफेसर, प्रसिद्ध लेखिका तथा जम्मू कश्मिर एकेडेमीका पूर्व सचिव समेत रहेकी रीता जितेन्दरले प्राण त्यागेकी हुन् ।

उनले सालीन ढंगले अन्तर्वार्ताका क्रममा आफ्नो जीवन संघर्षका बारेमा बताइरहेकी हुन्छिन् । त्यही क्रममा उनी बीचैमा रोकिएको देखिन्छ । त्यसपछि केही माथि हेर्दै अनौठो आवाजसहित सास फेर्न थालेको देखिन्छ । कतिपयलाई यो आवाज बाँडुल्की लागेजस्तो पनि लाग्न सक्छ । क्षणभरमै उनी लाइभ अन्तर्वार्ताको कुर्सीमै अचेत बन्छिन् ।

अन्तर्वार्ताका प्रस्तोता जहिद मुख्तरले क्रममा उनको सास रोकिएपछि कार्यक्रम रोकेर तत्काल उनलाई अस्पताल पुर्याइएको बताएका छन् । तर, डाक्टरहरुले उनलाई अस्पताल ल्याइ पु¥याउन ढिलो भएको बताउँछन् । उनले प्राण त्यागीसकेकी हुन्छिन् ।

सो टेलिभिजन शोमा जाने क्रममा प्रोफेसर जितन्दरले कार्यक्रम प्रस्तोता हफिजा मुजफरसँग आफ्नो मृत्यु भारतका पूर्व राष्ट्रपति एपीजे अब्दूल कलामको जस्तो होस् भन्ने चाहेको बताएकी थिइन् । डा. कलामको समेत काम गर्दा गर्दै मृत्यु भएको थियो ।

यस्तो छ भिडियो

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ६ : ४९ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने