अन्तर बैंक फुटसलको क्वाटरफाइनल समिकरण पुरा | Khabarhub Khabarhub

अन्तर बैंक फुटसलको क्वाटरफाइनल समिकरण पुरा


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्कोडा अन्तर बैंक फुटसल च्याम्पियनसिपको क्वाटरफाइनल समीकरण पुरा भएको छ । ढोलाहिटीस्थित एक्टिभ स्पोर्ट्स कम्प्लेक्समा शनिबार लिग चरणको खेल सकिएसँगै क्वाटरफाइनल समीकरण पुरा भएको हो ।

एक्टिभ स्पोर्ट्स कम्प्लेक्सको आयोजनामा जारी प्रतियोगितामा कुमारी बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, मेगा बैंक, सिभिल बैंक, प्रभु बैंक, हिमालयन बैंक र एनएमबी बैंकले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

अब क्वाटरफाइनलमा कुमारीले मेगा, एनआईसी एसियाले ग्लोबल आईएमई, सिभिलले एनएमबी र हिमालयनले प्रभु बैंकसँग खेल्नेछन् । क्वाटरफाइनलदेखि फाइनल चरणसम्मको खेल आगामी शनिबार हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार पाउने छन् । उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले कम्प्लेक्समा एक वर्षको लागि निशुल्क स्विमिङ गर्न पाउने छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ७ : १९ बजे

माई नगरको वडा नम्बर ६ मा मुढालाई पहिलो मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरपालिका

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी