गद्दी त्यागेर रुसी मोडलसँग बिहे गरेका मलेसियाका पूर्वराजाले उठाए प्रश्न, भने बच्चाको बावु को ? « Khabarhub

गद्दी त्यागेर रुसी मोडलसँग बिहे गरेका मलेसियाका पूर्वराजाले उठाए प्रश्न, भने बच्चाको बावु को ?


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– राजगद्दी नै छोडेर रसियन मोडलसँग विवाह गरेका मलेसियाका पूर्वराजा सुल्तान मुहम्मद भीले श्रीमतीले जन्माएको सन्तानको बावु आफू नभएको स्पष्ट पार्दे श्रीमतीको चरित्रमाथि औला ठड्याएका छन् ।

पूर्व मिस मस्को ओक्साना भोएभोदिनासँग विवाह गर्दै सुल्तानले गत जनवरीमा मलेसियाको गद्दी नै छाडिदिएका थिए । तर केही महिना अघि बच्चा जन्मिएपछि उनले श्रीमतीको चरित्रमाथि प्रश्न उठाउँदै डिभोर्स समेत गरिसकेका छन् । २७ वर्षीया ओक्साना भोएभोदिना र ५० वर्षीय पूर्वराजा सुल्तानबीच नयाँ सन्तानको विषयलाई लिएर मतभेद् नै भएको छ ।

सिंगापुरका वकिल कोह तिएन हुआले पनि सुल्तानको पक्षमा बोलेका छन् । उनले नयाँ शिशुको बावुको कुनै प्रमाण ओक्सानासँग नभएको भन्दै सुल्तानलाई सहज हुने गरी अभिव्यक्ति दिएका हुन् ।

यससँगै रसियन मोडल ओक्साना आफ्नो सन्तानलाई लिएर रसिया फर्कन सक्ने अपेक्षा गरिएको छ । तर गत साता मात्रै ओक्सानाले आफू अझै विवाहित नै रहेको बताइन् । उनले मलेसियन एक पत्रिकासँग यो एक निराशाजनक अवस्था मात्रै भएको तर आफूहरुले डिभोर्स नगरेको प्रतिक्रिया दिएकी छन् ।

इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै उनले भनेकी छन्, ‘म उनको जीवनको अन्तिम व्यक्ति बन्न चाहन्छु । र म आफ्नो जीवनको अन्तिम क्षणसम्मै उनीसँग बाँच्न चाहन्छु ।’ तर मलेसियाका मिडियाले डिभोर्स पेपर तयार भइसकेको जनाएका छन् । जुलाइ १ मै उनीहरुले डिभोर्स पेपर दर्ता गरिसकेको मलेसियन मिडियाले जनाएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ७ : ४१ बजे

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा