विदेश गएका श्रीमानको पत्नी भगाउनेलाई ५ लाख जरिवाना ! | Khabarhub Khabarhub

विदेश गएका श्रीमानको पत्नी भगाउनेलाई ५ लाख जरिवाना !


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँचथरको प्रङबुङ गाविसमा दुई वर्ष अघि गाउँलेले बनाएको नियम अहिले पनि लागू भएकै छ ।

वैदेशिक रोजगारीका लागि श्रीमान विदेशिने क्रमसँगै श्रीमतीले अनैतिक कार्य गर्ने गरेकाले समाजमा विकृति भित्रिएको भन्दै स्थानीयले अर्काकी श्रीमती लैजानेलाई ५ लाख जरिवाना तिर्नुपर्ने नियम बनाएका हुन् ।

अर्काकी श्रीमती भगाएर लिनेलाई तत्काल सभा बसेर स्थानीयले ५ लाख रुपैयाँ तिराउँछन् । यो नियम बनाएपछि विदेशिएका श्रीमान श्रीमती बीचको दरार कम हुने आँकलन गरिएको छ । सो रकम पीडित श्रीमानका लागि राहत हुने स्थानीयले अपेक्षा लिएका छन् ।

यद्यपी, पछिल्लो समय यस्ता नियमले समेत समस्याको समाधान गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयमा गत वर्ष दर्ता भएका मध्ये आधाजसो मुद्दा श्रीमान श्रीमतीबीचको बेमेलसँग सम्बन्धित छ । २० वटा सोही प्रकृतिका मुद्दा मध्ये ९ वटा भने श्रीमान विदेशिएपछि असमझदारी देखिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  १० : ०४ बजे

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सांसदहरूका प्रश्नको जवाफ दिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दैछ ।

अस्ट्रेलियामाथि दक्षिण अफ्रिका ९८ रनले विजयी

काठमाडौं – दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ९८ रनले हराएको छ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ ४ गते बुधबार। भाद्र

आज २०८२ साल भदौ ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ४ गते बुधबार। भाद्र