चिकित्सकको लाइसेन्सिङ परीक्षाको नतिजा प्रकाशन, एमबीबीएसतर्फ ७८ प्रतिशत परीक्षार्थी उत्तिर्ण « Khabarhub

चिकित्सकको लाइसेन्सिङ परीक्षाको नतिजा प्रकाशन, एमबीबीएसतर्फ ७८ प्रतिशत परीक्षार्थी उत्तिर्ण


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले लिएको दर्ता प्रमाणपत्र (लाइसेन्सिङ) परीक्षामा एमबीबीएसतर्फ ७८ र बीडीएसतर्फ ३९ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् ।

काउन्सिलले शनिबार लिएको परीक्षामा एमबीबीएस तर्फका १ हजार ३ सय ११ जना उत्तिर्ण भएका छन् भने बीडीएसतर्फ १ सय ३८ जना उत्तिर्ण भएका छन् ।

एमबीबीएस अध्ययन पूरा गरेका १ हजार ६ सय ८१ जनाले चिकित्सकको लाइसेन्सिङ परीक्षाका लागि फर्म भरेका थिए भने बीडीएस तर्फका ३ सय ५३ जनाले फर्म भरेका थिए ।

काउन्सिलको यो ५६ औं परीक्षा हो । नेपाल मेडिकल काउन्सिलले एमबीबीएस र बीडीएस अध्ययन पूरा गरेका चिकित्सका लागि हरेक वर्ष ३ पटक दर्ता परीक्षा संचालन गर्दै आएको छ ।

एमबीबीएस तथा बीडीएस अध्ययन गरेका चिकित्सकले काउन्सिलको यो परीक्षा उत्तिण गरेपछि मात्रै बिरामीको स्वास्थ्य परीक्षण गर्न पाउँछन् ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  १० : ५१ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु