त्रिभुवन विश्वविद्यालयमा अब ‘श्रम अध्ययन’को पठनपाठन हुने | Khabarhub Khabarhub

त्रिभुवन विश्वविद्यालयमा अब ‘श्रम अध्ययन’को पठनपाठन हुने


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयमा अब लेबर स्टडीज (श्रम अध्ययन) को पठनपाठन हुने भएको छ । विश्वविद्यालयले श्रम अध्ययनका लागि पाठयक्रम निर्माण गरिरहेको जानकारी दिएको छ ।

श्रम अध्यनपन शुरु गर्ने निर्णय त्रिभुवन विश्वविद्यालयले गत शैक्षिक वर्ष नै गरिसकेको छ । नयाँ विषयका रुपमा लेबर स्टडीजको पढाई सुरु हुने भएपछि त्यसको पाठ्यक्रमको तयारी भइरहेको विश्वविद्यालयले जनाएको छ ।

श्रम अध्ययनमा विश्व श्रम बजारको अवस्था, नेपालमा श्रमिक, रोजगारदाता र श्रम बजारका विषयमा अध्ययन हुने जनाइएको छ । नेपालमा लेबर स्टडीजको पढाईका लागि विगत केही समययता प्रयत्न गर्दै आएको थियो । नेपाली श्रमिक विश्व श्रममा खपत भइरहेको अवस्थामा श्रम अध्ययन आवश्यकता रहेको भन्दै विभिन्न ट्रेड युनियनले समेत माग राख्दै आएका थिए ।

त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा. शिवलाल भुषालले श्रम अध्ययन आजको आवश्यकता रहेको र नयाँ विषयका रुपमा विकास गरिएको बताएका छन् । बजारको माग, विद्यार्थीको रुचिले यस विषयको भविष्य निर्धारण हुने उनको भनाइ छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ११ : ०७ बजे

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक