स्वस्तिमा भन्छिन्– 'पारिश्रमिक'भन्दा चरित्र र टिम पहिलो रोजाइ | Khabarhub Khabarhub

स्वस्तिमा भन्छिन्– ‘पारिश्रमिक’भन्दा चरित्र र टिम पहिलो रोजाइ


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका स्वस्तिमा खड्काले अभिनय गरेको फिल्म ‘हजार जुनीसम्म’ आउँदो साउन ३० गतेबाट प्रदर्शनमा आउँदैछ । शुक्रबार सोही फिल्मको ट्रेलर रिलिज कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा आर्यन सिग्देल, सञ्चिता लुइँटेल, स्वस्तिमा खड्का, अखिलेस प्रधान लगायतका कलाकारको उपस्थिति थियो । कार्यक्रममा ट्रेलर सार्वजनिकपछि पत्रकारले कलाकारलाई प्रश्न सोधे । नायिका स्वस्तिमा खड्कालाई पनि पारिश्रमिकको विषयलाई लिएर एउटा प्रश्न सोधियो, ‘नायिकाहरुले २० लाख पारिश्रमिक लिन्छन्, यो तपाईंलाई जायज छ जस्तो लाग्छ ?’

उनले तत्कालै जवाफ फर्काइन् – अब लिनुहुन्छ भने जायज हो, लिने र दिने दुवै खुशी हुनुहुन्छ भने जायज हो ।

साथै उनले आफ्ना लागि पहिलो सपना भूमिका र फिल्म टिम भएको पनि बताइन् । उनले अहिले फिल्मको पारिश्रमिकभन्दा पनि कलाकारले अभिनयलाई महत्त्व दिनुपर्ने बताइन् ।

‘मेरा लागि चाहिँ पारिश्रमिक सधै दोस्रो सपना हो, क्यारेक्टर र टिम पहिलो सपना हो,’ उनले भनिन्, ‘तर मलाई के लाग्छ भने मैले २० लाख पारिश्रमिक लिन्छु भन्ने मैले ५० लाख कमाउनुपर्छ, मैले २० लाख लिने र निर्माताले ५ लाख पाउने हुनु हुँदैन ।’

यो धारणापछि स्वस्तिमाले अर्की अभिनेत्री पूजा शर्मामाथि कटाक्ष गरेको बताए । केही दिनअघि मात्र चर्चा चलेको थियो कि, पूजाले एक फिल्मका लागि पारिश्रमिक बुझिन् ।

स्वस्तिमाले दिएको धारणालाई पूजा शर्माले लिएर पारिश्रमिकसँग जोडेर चर्चा हुन थालेपछि स्वस्तिमाले यसको खण्डन गरेकी छिन् । सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै उनले भनेकी छिन्, ‘कलाकार हुनुको पहिलो धर्म नै कलाकारिता हो ।’

स्वस्तिमाले राम्रो कामले राम्रो पारिश्रमिक पाउनुपर्नेमा जोड दिएकी छिन् । स्वस्तिमा अभिनित फिल्म ‘घामड शेरे’ पनि प्रदर्शनको तयारीमा छ । पछिल्लो वर्ष उनी अभिनित फिल्म ‘बुलबुल’ ले राम्रो चर्चा पाएको थियो ।

यस्तो छ स्वस्तिमाले लेखेको फेसबूक स्टाटस:

कलाकार हुनुको पहिलो धर्म नै कलाकारिता हो । आफ्नो धर्मप्रति जति आस्था देखाउन सकिन्छ, त्यति गरेकै कर्मको फल पाउने हो । मैले अभिनयलाई आफ्नो धर्म मानेकी छु, र दिन-रातको साधना र कर्मले जति पारिश्रमिक पाउनु पर्छ जस्तो लागेको छ – त्यति नै पाएकी पनि छु ।

राम्रो कामले राम्रो पारिश्रमिक पाउनुपर्छ – यो काम दिनेको धर्म हो । काम गराउनेले राम्रो कामको कदर गर्छन्, राम्रो कलाकारिता गर्ने कलाकारलाई राम्रै पारिश्रमिक पनि दिन्छन् । सबैले आ-आफ्नो ठाउँमा आफ्नो धर्म र आफ्नो कर्मको इज्जत गर्छन् । गर्नुपर्छ पनि । जसरी मैले राम्रो काम गरेको राम्रो पारिश्रमिक पाउँछु, त्यसरी नै अरू कलाकारहरूले पनि राम्रो काम गरेको राम्रो पारिश्रमिक पाउँछन् नै । मैले अरू कसैले पाएको पारिश्रमिक देखेर आफ्नो धर्म-कर्म कम गर्ने होइन, अरू कसैले मभन्दा धेरै पारिश्रमिक पाउँछ भन्दैमा मैले डाहा गर्ने होइन । मेरो कर्म त्यो होइन । मेरो कर्म अभिनय हो – त्यो राम्रो गर्न सकेँ भने मेरो धर्म पूरा हुन्छ ।

पत्रकारको धर्म भनेको सबैलाई सुसूचित गर्नु हो । सबै जनाले “कलाकारिता क्षेत्रमा के-कस्तो समाचार छ” भनेर बुझ्न पाउनुपर्छ त्यसैले पत्रकारले सुसमाचार दिएर सर्वसाधारणलाई कलाकारिताका बारेमा जानकारी दिनुपर्छ ।

तर आफ्नो कर्मक्षेत्रलाई नै बिर्सेर, “यसले त्यस्तो भन्यो, उसले त्यस्तो भनी” भनेर आरोप लगाउँदै, नाम जोड्दै, तथानाम भन्दै, मनगढन्ते समाचार सम्प्रेषण गरेर जनतामा भ्रम फैलाउनु भनेको पत्रकारिताको धर्म होइन जस्तो लाग्छ मलाई । जसरी सही सूचना दिँदा पत्रकारिताको ईज्जत बढ्छ, त्यसरी नै जथाभावी नाम जोडेर कलाकारिताको बेईज्जती गर्दा पत्रकारिता पनि तुच्छ हुन्छ, बेकारको बन्छ ।

हामीले आ-आफ्नो क्षेत्रको धर्मलाई नबिर्सौँ । म कलाकार हुँ, म यस्ता कुरामा अडिन चाहन्न । आफ्नो धर्म गर्छु, धर्मअनुसार गरेको कर्मको फल लिन्छु ।

तपाईँ पनि आफ्नो धर्म नबिर्सिनुस् ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  १ : १८ बजे

मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते 

मकवानपुर– जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा आज बिहान सवारी दुर्घटना

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को १०

कोरियाबाट फर्केर माछापालन

बागलुङ– बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो

कैलालीमा गहुँ उत्पादन वृद्धि

कैलाली– कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा