चीनमा अलपत्र ४४ महिला नेपाल फकाईए « Khabarhub

चीनमा अलपत्र ४४ महिला नेपाल फकाईए


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको एक कारखानामा कार्यरत ४४ नेपाली महिलालाई नेपाल फर्काइएको छ । बेइजिङस्थित नेपाली दूतावासको सहयोगमा ती महिलालाई नेपाल फर्काइएको हो ।

चीनको ल्याओनिङ प्रान्तमा रहेको दान्दोङ रिशङ गार्मेन्टमा कार्यरत उनीहरुले सेवासुविधा नपाएको गुनासो गरेपछि नेपाल फर्काइएको हो ।

दालियान विमानस्थलबाट तीन भिन्नभिन्न उडानमा शनिबार नेपाल पठाइएको दूतावासले जानकारी दिएको छ । ४१ जनालाई कुन्मिङ र तीन ग्वान्जाओ ट्रान्जिट हुँदै आइतबार नेपाल आउदैँछन् ।

दूतावासमा जुन महिनाको दोस्रो हप्तामा करार अनुरुपको पारिश्रमिक र सेवासुविधा नपाएको गुनासो ती महिला गरेपछि नेपाल र चीनका सम्बन्धित सरकारी निकायहरुको समन्वयमा र नेपालको सम्बन्धित म्यानपावर कम्पनीको खर्चमा उनीहरुलाई नेपाल फर्काइएको दूतावासले जनाएको छ ।

उनीहरु वैदेशिक रोजगार विभागबाट श्रम अनुमति प्राप्त गरी गएको र गत मे महिनामा उक्त कारखानामा काम गर्न चीन पुगेको पाइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  २ : १९ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते