अष्ट्रेलियामा भएको सवारी दुर्घटनामा २ नेपालीको मृत्यु « Khabarhub

अष्ट्रेलियामा भएको सवारी दुर्घटनामा २ नेपालीको मृत्यु


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यानबेरा– अष्ट्रेलियामा भएको सवारी दुर्घटनामा २ नेपालीको ज्यान गएको छ । शनिबार अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको कुमा शहरस्थित मोनारो हाइवेमा ५ जना सवार कार दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरु समिक्षा सुवेदी र गोपाल भण्डारी छन् ।

उनीहरु स्नोई माउण्टेन भनिने पहाडी क्षेत्रमा हिउँ खेल्न जाने क्रममा दुर्घटनामा परेका हुन् ।

५ जना सवार कार सडकबाट १६० मिटर टाढा उछिट्टिएको अष्ट्रेलियाको एबीसी समाचार संस्थाले जनाएको छ ।

घाइते ३ मध्ये दुई जनाको स्थानीय कुमा अस्पताल तथा अर्का एक जनाको राजधानी क्यानबेरास्थित अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  २ : ५५ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर