रुसी राष्ट्रपति पुटिनविरुद्ध प्रदर्शनमा उत्रिएका हजार बढी पक्राउ | Khabarhub Khabarhub

रुसी राष्ट्रपति पुटिनविरुद्ध प्रदर्शनमा उत्रिएका हजार बढी पक्राउ


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध प्रदर्शन गर्ने १ हजारभन्दा धेरै पक्राउ परेका छन् ।

राजधानी मस्कोमा राजनीतिक सुधारको माग गर्दै प्रदर्शन गर्ने १ हजार ७४ जनालाई पक्राउ गरिएको हो । आगामी सेप्टेम्बर ८ मा हुन लागेको स्थानीय निर्वाचनमा भाग लिन विपक्षीलाई बन्देज गरिएपछि उक्त प्रदर्शनको आयोजना गरिएको हो ।

प्रदर्शनमा सहभागी ३५ सय भन्दा धेरै प्रदर्शनकारीले राष्ट्रपति पुटिनविरुद्ध नाराबाजी गरेका थिए । रुसका विपक्षी नेता अलेक्सेई नभल्नीको आह्वानमा प्रदर्शनको आयोजना गरिएको थियो । स्थानीय प्रशासनले भने प्रदर्शनलाई सुरक्षा चुनौति भन्दै व्यापक प्रहरी परिचालन गरेको थियो ।

प्रहरीको कारवाहीका क्रममा दुई जना गम्भीर घाइते समेत भएका थिए । हाल जेलमा रहेको विपक्षी नेता नभल्नीलाई प्रदर्शनको आह्वान गरेको आरोपमा थप ३० दिन जेलको म्याद बढाइएको छ ।

पछिल्लो समय पुटिन विरुद्ध आयोजना हुने प्रदर्शनमा युवापुस्ताको बाक्लो सहभागिता रहने गरेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ५ : २६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’