‘पासवर्ड’ को फस्ट लूक सार्वजनिक | Khabarhub Khabarhub

‘पासवर्ड’ को फस्ट लूक सार्वजनिक


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनुपविक्रम शाही अभिनित फिल्म ‘पासवर्ड’ को फस्ट लूक सार्वजनिक गरिएको छ । निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा अनुपविक्रम शाहीलाई हाइलाइट गरिएको छ । यस्तै पोस्टरमा अर्का अभिनेता विक्रम जोशी पनि अटाएका छन् ।

यो फिल्ममा अनुपविक्रम शाहीलाई खलनायकका रुपमा देखिनेछन् । चलचित्र ‘कृ’ मा खलपात्रको भूमिकामा देखिँदा उनको चर्चा भएको थियो ।

भदौ २७ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा बलिउड अभिनेत्री सनी लियोनीलाई पनि देख्न सकिनेछ । फिल्मको एक गीतमा सनी लियोनीले आइटम डान्स गरेकी छिन् ।

सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो फिल्ममा विक्रम र अनुपका अलावा बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ५ : ५० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका