सेङ्जेन भिसाका लागि अन्तरवार्तामा सोधिने ११ प्रश्न र त्यसका उत्तर | Khabarhub Khabarhub

सेङ्जेन भिसाका लागि अन्तरवार्तामा सोधिने ११ प्रश्न र त्यसका उत्तर


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युरोपका २६ मुलुकलाई मान्य हुनेगरी एकै किसिमको भिसा जारी हुने गरेको छ । युरोपेली मुलुकको भ्रमणमा जानेहरुका लागि सेङ्जेन भिसाले ती २६ मुलुकमा स्वतन्त्र आवागमनको निश्चित गर्छ । सेङ्जेन भिसा पाउन अन्तरवार्ताका लागि विभिन्न प्रश्नहरु सोधिने गरेका छन् । हामीले अन्तरवार्तामा धेरैजसो सोधिने ११ प्रश्न र त्यसको उत्तर यहाँ प्रस्तुत गरेका छौँ ।

१) तपाईं विवाहित हुनुहुन्छ ? हो भने विवाह गरेको कति भयो ? तपाईंको श्रीमान्/श्रीमती के गर्नुहुन्छ ?

तपाईंको विवाह भइसकेको छ भने आफ्नो विवाह भएको मिति ख्याल गर्नुहोला । तपाईंले विवाह गरेको मिति गलत वा चित्तबुझ्दो नभएको खण्डमा भिसा नपाउन सकिन्छ । त्यस्तै, आफ्नो श्रीमान् वा श्रीमती के गर्नुहुन्छ भन्ने प्रश्नको जवाफ पनि स्पष्ट रुपमा दिनुपर्छ । विवाह नै नभएको वा सम्बन्ध विच्छेद भइसकेको भए पनि यसबारे जानकारी दिनुपर्छ ।

२) तपाईंको परिवारका कतिजना सदस्य वा साथीहरु सेङ्जेन मुलुकमा छन् ?

आफ्ना साथी वा परिवारका सदस्य सेङ्जेन मुलुकमा बसिरहेकोबारे प्रश्नकर्तालाई स्पष्ट जानकारी गराउनुपर्छ । यदि आफ्ना आफन्त वा साथीहरु सेङ्जेन मुलुकमा बसिरहेका छैनन् भने त कुरै सकियो ।

३) तपाई फर्किनुहुन्छ भनेर कसरी हामी विश्वस्त हुन सक्छौँ ?

तपाईंले यहाँ आफ्नो सम्पत्ति भएको वा परिवार यतै रहेको वा आफ्नो रोजगारी पनि यतै रहेको वा समाजमा आफ्नो प्रतिष्ठा रहेको वा आफ्नो पढाई स्वदेशमा चलिरहेका कारण आफू स्वदेश फर्कने आधार प्रस्तुत गर्नुपर्छ ।

४) तपाईं वा तपाईंले चिनेका कोही व्यक्ति कुनै आतंककारी संगठन वा आतंकवादी आक्रमणमा आबद्ध छन् ?

भिसाका लागि अन्तरवार्ताका क्रममा यो प्रश्न बारम्बार सोधिने गरिन्छ । यो प्रश्नलाई बोझका रुपमा लिनुहँदैन । आफू वा आफूले चिनेको कोही पनि यस्ता गतिविधिमा आबद्ध नभएको बताउनुपर्छ । त्यस्तै, आतंककारी आक्रमण प्रति दुःख व्यक्त गरेको खण्डमा प्रश्नकर्तालाई प्रभावित बनाउन सकिन्छ ।

५) यो यात्राका लागि तपाईंले बिमा गर्नु भएको छ ?

प्रश्नकर्ताले यसको सकारात्मक जवाफको अपेक्षा गरेका हुन्छन् । सोही कारण तपाईंले सेङ्जेन क्षेत्रमा आफ्नो जीवन बिमा गरेको निश्चित पार्नका लागि आधारहरु प्रस्तुत गर्नुपर्छ ।

६) तपाईं एक्लै वा अरु कोसँग जाँदै हुनुहुन्छ ?

तपाईंले यसबारे स्पष्ट जवाफ दिनुपर्छ । यदी तपाईं अरु कोहीसँग भ्रमण जाँदै हुनुहुन्छ भने आफूसँगै भ्रमणमा जाने व्यक्तिसँगको आफ्नो सम्बन्धबारे पनि जानकारी गराउनुपर्छ ।

७) तपाईं आफ्नो यात्रालाई छोट्याउन सक्नुहुन्न ? किन तपाईंलाई तीन वा एक महिनाको भिसा चाहिएको हो ?

तपाईंले आफ्नो भ्रमण छोट्याउन नसक्ने आधार प्रस्तुत गर्नुपर्छ । जस्तै, तपाईं कतै घुमघामका लागि जाने र छोटो समयमा नै फर्किन नसक्ने बताउनुपर्छ । यद्यपि आवश्यक परेको खण्डमा आफ्नो भ्रमण अवधी छोट्याउन समेत तयार रहेको प्रश्नकर्तालाई निश्चिन्त पार्न सक्नुपर्छ ।

८) तपाईं आयकर तिर्नुहुन्छ ?

प्रश्नकर्ताले भ्रमण गर्न जाने व्यक्ति जिम्मेवार नागरिक भएको र उसले आयकर तिर्छ भन्ने अपेक्षा गरेका हुन्छन् । सोही कारण उनीहरुलाई यसबारे निश्चिन्त पार्न सक्नुपर्छ ।

९) तपाईंले यसअघि कुनकुन देशको भ्रमण गरिसक्नुभएको छ ?

आफूले यसअघि पनि अरु कुनै मुलुकको भ्रमण गरिसकेको भए, भ्रमण गरेको मुलुक र भ्रमण गरेको मितिसमेत जानकारी गराउनुपर्छ । छैन भने छैन भन्ने जवाफ दिनुपर्छ ।

१०) तपाईंलाई यो यात्राका लागि कति खर्च लाग्छ ? कसरी व्यहार्नुहुन्छ ?

आफूसँग सेङ्जेन भ्रमणका लागि पर्याप्त खर्च रहेको देखाउनुपर्छ । त्यस्तै, आफूले व्यहोर्ने खर्चको श्रोतबारे पनि जानकारी दिनुपर्छ ।

११) तपाईं यहाँ के गर्नुहुन्छ ? कुनै कम्पनीमा काम गर्नुहुन्छ भने तपाईंको कम्पनीले के गर्छ ?

तपाईं स्वदेशमा कुनै काम गर्नुहुन्छ भने के काम गर्नुहुन्छ त्यसबारे जानकारी गराउँनुपर्छ । त्यस्तै, तपाईं काम गर्ने कम्पनीले के गर्दै आएको छ भन्नेबारे पनि बताउनुपर्छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ७ : ४६ बजे

चार दिनदेखि मोरङको बेलबारीका चार बालिका बेपत्ता

मोरङ – मोरङको बेलबारी नगरपालिका-२, लालभित्तीबाट एकै स्थानका चार जना

बाख्रा उपहार पाएपछि महिला खुसी

बागलुङ – काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउन थालेको

झापामा चितुवा आतङ्कको त्रास

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–२ र ४ मा दैनिकजसो

हामी कहाँ नालायक भयौं ? एउटा राष्ट्रिय सम्मेलन गरौं *

म कुनै आवेगमा भन्दै छैन, यो नेपाली जातका अझै ठूला

परराष्ट्रमन्त्री डा. राणा हङकङबाट स्वदेश फिर्ता

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको