घुस लिएको अभियोगमा कार्यालय प्रमुखसहित चार पक्राउ « Khabarhub

घुस लिएको अभियोगमा कार्यालय प्रमुखसहित चार पक्राउ


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख भीमप्रसाद आचार्यसहित चार जनालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगको पोखराबाट खटिएको टोलीले आइतबार निमित्त कार्यालय प्रमुख आचार्य, स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भवदत्त जैशीलाई रु एक लाख ३० हजार घुससहित आज कार्यालयबाटै पक्राउ गरेको हो ।

सो कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रम वापतको पेश्की फछ्र्योट गरिदिने भन्ने बाहानामा सेवाग्राहीसँग घुस माग गरेको भन्ने आरोप लागेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ८ : ५५ बजे

सिमकोटमा खानेपानीको अभाव

हुम्ला- जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि

रञ्जित रेको नजरमा जेन-जी सरकार र नेपालको आगामी यात्रा

स्थापना भएको चार वर्षमै राष्ट्रिय स्वतन्त्र पार्टीले विशाल बहुमत प्राप्त

छोरीसँगै किमद्वारा रकेट प्रहार अभ्यास अवलोकन

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी किशोरी छोरीसँगै

एन्फा राष्ट्रिय लिगमा जावलाखेलको जित, काक्रेबिहार पराजित 

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले काक्रेबिहार