कांग्रेस बैठकः १४औँ महाधिवेशनको कार्यतालिका अघि बढाउने विषयमा छलफल « Khabarhub

कांग्रेस बैठकः १४औँ महाधिवेशनको कार्यतालिका अघि बढाउने विषयमा छलफल


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको गत असार २२ गतेदेखि प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका अन्तरिक विषयदेखि समसामयिक राजनीतिक विषयमा छलफल जारी छ ।

आइतबारको बैठकमा विशेष गरी विधानअनुसार सङ्गठनको अन्तरिम सङ्गठन संरचना गठन पश्चात् १४औँ महाधिवेशनको कार्यतालिका प्रक्रिया अघि बढाउनेसम्बन्धी छलफल भएको पार्टी कार्यालय जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, डा रामशरण महत, बलबहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, बालकृष्ण खाण, रमेश रिजाल, डा नारायण खड्का, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुङ्गाना, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, हृदयराम थानी, डा डिला सङ्ग्रौला, सरिता प्रसाई, अतहर कमाल मुसलमान र आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेयले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

केन्द्रीय कार्यसमितिको अर्काे बैठक भोलि दिउँसो २ बजे पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  १० : १० बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको