किन बढ्दैछ आत्महत्या, सिरहामा मात्रै १ वर्षमा ८८ जनाको मृत्यु « Khabarhub

किन बढ्दैछ आत्महत्या, सिरहामा मात्रै १ वर्षमा ८८ जनाको मृत्यु


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- आर्थिक वर्ष २०७५/०७६ मा सिरहामा ८८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवम् डिएसपी अपिल बोहरनले झुण्डिएर आत्महत्या गर्ने ५१ जना रहेको बताए । विष सेवन गरेर ३७ जनाले आत्महत्या गरेका छन् ।

आर्थिक वर्ष २०७४/०७५ मा ४० जनाले झुण्डिएर आत्महत्या गर्दा २२ जनाले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीसँग तथ्याङ्क छ । हरेक वर्ष आत्महत्याको दर बढिरहेको प्रहरीले जनाएको छ । आव २०७३/०७४ मा भने ३४ जनाले झुण्डिएर र १३ जनाले विष सेवन गरेर आत्महत्या गरेको पाइएको राजधानी दैनिकमा खबर छ ।

तीन वर्षको तथ्याङ्क केलाउँदा हरेक वर्ष आत्महत्या गर्ने दर बढेको डिएसपी बोहरनले बताए । ‘आत्महत्या विभिन्न कारणले भइरहेको छ, कतिपय मानसिक समस्याका कारणले मरिरहेका छन् भने कतिपय साथीभाइ, परिवार, लागूऔषध, बेरोजगार, सम्बन्धविच्छेद कारण भइरहेका छन् ,’ उनले भने ।

आत्महत्याका पूर्व लक्षण

प्रायः एकान्तमा बसी टोलाउने, सामान्य कुराकानीमा पनि रिसाउने, झर्कने, आवेशमा आउने जस्ता अस्वाभाविक व्यवहारहरू देखाउनेलगायत छन् ।

त्यस्तै लागूऔषध, मादक पदार्थ सेवन, समयमा खानपिन नगर्ने, मानसिक सन्तुलन ठीक नभएजस्तो देखिने चाँडै भावुक हुने, उत्तेजित हुनेलगायतका समस्याहरू देखिन थाल्ने मनोविश्लेषकहरू बताउँछन् ।

आत्महत्या नियन्त्रणका उपाय

परिवार तथा समाजमा माथिका लक्षण देखिन थालेमा समयमै पहिचान गरी मनोचिकित्सकलाई देखाउन सके सम्भावित घटना रोक्न सकिन्छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ७ : ३१ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार २१ गते आइतबार सन् २०२६

सह-आयोजक क्यानडालाई ३-० ले पाखा लगाउँदै मोरक्को क्वाटरफाइनलमा

काठमाडौँ – सह-आयोजक क्यानडालाई ३–० को फराकिलो गोल अन्तरले स्तब्ध

एम्बाप्पेको गोलमा फ्रान्स विश्वकपको क्वाटरफाइनलमा : पाराग्वे बाहिरियो

काठमाडौँ – उपाधिको बलियो दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को

आज २०८३ साल असार २१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २१ गते आइतबार सन् २०२६

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका