वैकल्पिक मार्गमा दुर्घटनाको जोखिम « Khabarhub

वैकल्पिक मार्गमा दुर्घटनाको जोखिम


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- भूपि शेरचन राजमार्गको पर्वत–बेनी सडक दैनिक साढे आठ घण्टा बन्द भएपछिको वैकल्पिक मार्ग ठूला सवारीसाधनका लागि जोखिमपूर्ण देखिएको छ । बागलुङ र पर्वत जोड्ने कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको झोलुङ्गे पुलको सहायक जग निर्माण गर्न यही भदौ ५ गतेदेखि बिहान ७ : ०० देखि ९ : ०० र १० : ०० बजेदेखि साढे ४ : ०० बजेसम्म पर्वत–बेनी सडक बन्द छ ।

उक्त अवधिमा वैकल्पिक मार्गका रुपमा पर्वतको मालढुङ्गा–बागलुङबजार–म्याग्दीको रत्नेचौर हुँदै बेनीबजारको रुट प्रयोग गर्ने गरिएको छ । तर, उक्त मार्गको बागलुङ बजारदेखि रत्नेचौरसम्मको सडक साँघुरो भएका कारण ठूला सवारीसाधन आवतजावतमा समस्या र सकस भएको सवारी चालक र यात्रु बताउँछन् ।

बागलुङ रत्नेचौरसम्म जम्मा चार मिटर सडक छ भने रत्नेचौरदेखि म्याग्दी बेनी पुग्ने १० किलोमिटर सडक आठ मिटरको छ । साँघुरो सडकमा ठूला सवारी हिँड्दा दोहोरो सवारी जमघट भए पार गर्न नसक्ने र दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक महेन्द्र रानाभाटले बताए ।

यही भदौ ७ गते साँघुरो सडकका कारण रत्नेचौरमा ना७ख ९३४४ नंको ट्रक नालीमा खसेको थियो भने सोही दिननै बेनी–बागलुङ जोड्ने कालिका पिउने पानी कम्पनी नजिकैको पुलमा महेन्द्रनगर जाने ना४ख ८१२७ नंको बस पार गर्न निकै सकस भएको ट्राफिक प्रहरीले जनाएको छ । यस्तो घटना पछिल्ला दिनमा बढ्दै गएका प्रत्यक्षदर्शी बताउँछन् ।

सडक साँघुरो भएका कारण दुर्घटना र जाम हुने समस्या बढेपछि ठूला सवारीसाधनलाई वैकल्पिक मार्गको बाटो जान मालढुङ्गाबाटै रोक लगाइएको प्रमुख रानाभाटले बताए । ‘साना सवारी चल्ने सडकमा ठूला सवारीसाधन जाँदा निकै समस्या भएको छ’, रानाभाटले भने, ‘मालवाहक ट्रकलाई सडक खुलेपछि सोही मार्गबाट पठाएका छौं भने साना सवारीलाई वैकल्पिक मार्गको बाटो पठाइएको छ ।’

यही भदौ ५ देखि १३ गतेसम्म पुल निर्माणकार्यलाई गति दिने गरी पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि पर्वतकै जलजला गाउँपालिकाको डमुवाखोलासम्मको सडक बन्द गरिएको छ । सो खण्डमा काम गर्दा सडक बाधक बनेका कारण बागलुङ, पर्वत र म्याग्दीका जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र सम्बन्धित निकायसँग समन्व्य गरिदिन हिमशिखर कन्ट्रक्सनले आग्रह गरेको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ८ : ०२ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार २१ गते आइतबार सन् २०२६

सह-आयोजक क्यानडालाई ३-० ले पाखा लगाउँदै मोरक्को क्वाटरफाइनलमा

काठमाडौँ – सह-आयोजक क्यानडालाई ३–० को फराकिलो गोल अन्तरले स्तब्ध

एम्बाप्पेको गोलमा फ्रान्स विश्वकपको क्वाटरफाइनलमा : पाराग्वे बाहिरियो

काठमाडौँ – उपाधिको बलियो दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को

आज २०८३ साल असार २१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २१ गते आइतबार सन् २०२६

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका