साग : समृद्ध मार्सलआर्टको कमजोर वर्तमान ! | Khabarhub Khabarhub

साग : समृद्ध मार्सलआर्टको कमजोर वर्तमान !



काठमाडौं–दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आगामी मंसिरमा काठमाडौं र पोखरामा आयोजना हुँदैछ।

नेपालका मुख्य दुई शहरलाई लक्षित गर्दै आयोजना हुन लागेको सागलाई सम्झन लायक बनाउने नेपाल सरकार र राष्ट्रिय खेलकुद परिाष्द् (राखेप) लागि रहेका छन् ।

नेपाली खेलकुदमा अहिलेसम्मको इतिहास हेर्ने हो भने अन्तर्राष्ट्रिय प्रतियोगितामा टिम इभेन्टभन्दा व्यक्तिगत स्पर्धामा नेपालले धेरै पदक जितेको छ । अझ भनौं शारीरिक बलका आधारमा खेलिने मार्सलआर्ट अन्तरगतका खेलबाट नेपालले धेरै पदक हात पारेको छ ।

साग इतिहासको ३६ बर्षे यात्रामा नेपालले ७१ पदक जित्यो । त्यसमध्ये सबैभन्दा धेरै अर्थात्, ५९ स्वर्ण पदक मार्सलआर्ट अन्तर्गतका खेलबाट नेपालले जीतेको छ । मार्सल आर्ट भित्रका तेक्वान्दो, कराते, उसु, जुडो, बक्सिङ र फेन्सिङले सागमा समावेश छन् । यसअघिका संस्करणहरुमा तेक्वान्दो, कराते, उसु, जुडो र बक्सिङमा नेपालले स्वर्ण जितेको छ ।

तेस्रो पटक सागको आयोजना गर्न लागेको नेपाललाई ८ औं सागको सफलता दोहोर्‍याउनु पर्ने चुनौति देखिन्छ । अहिलेसम्म नेपालले सबैभन्दा धेरै स्वर्ण जितेको संस्करण नै नेपालमै आयोजना भएको ८ औं साग हो ।

सन् १९९९ मा नेपालले आयोजना गरेको सागमा नेपालले जम्मा ३१ स्वर्ण पदक जितेको थियो । त्यसमध्ये ३० स्वर्ण मार्सलआर्ट अन्तर्गतका खेलबाट नेपालले जीतेको थियो ।

त्यसयताका संस्करणहरुमा मार्सलआटका खेलहरुमा पदक जितिरहे पनि आठौंको भन्दा धेरै स्वर्ण भने नेपालले अहिलेसम्म जित्न सकेको छैन्।

अझ भनौं समृद्ध विगत रहेको मार्सलआर्ट पछिल्ला संस्करणहरुमा कमजोर बन्दै गएको छ । जसलाई सागका स्वर्णले पनि प्रष्ट पार्छ । नेपालले मार्सलआर्टमा मात्रै ८ औ सागमा ३० स्वर्ण जिते थियो भने नवौं, दशौं, एघारौं र बाह्रैं संस्करणमा क्रमश : ७ स्वर्ण, ६ स्वर्ण, ७ स्वर्ण र १२ औं संस्करणमा भने मार्सलआर्टले मात्रै २ स्वर्ण जीतेको थियो ।

काठमाडौंमा भएको आठौं सागमा करातेलाई नेपालले पहिलो पटक सागमा राख्दा करातेबाट नेपालले उल्लेख्य सफलता हात पारेको थियो । तर, करातेले ११ औं सागसम्म निरन्तरता पाएपनि १२ औं सागमा भारतले करातेलाई सहभागी नै गराएन ।

तर, अहिले १३ औं सागमा पुन करातेले स्थान पाएको छ । सागमा स्थान पाउनु राम्रो पक्ष भएपनि नेपालले १३ औं सागमा ८ औंकोसफलता दोहोर्‍याउनेमा भने शंकागर्ने ठाउँ प्रसस्तै छन् ।

घरेलु मैदानको फाइदा उठाउन सके नेपालले पछिल्ला ४ संस्करणको भन्दा सुधारिएको प्रदर्शन देखाए पनि आठौंको सफलता हात पार्ने तर्कमा भने ताकत नभएको अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा करातेमा सागका स्वर्णधारी दिपक श्रेष्ठ बताउँछन् ।

‘साग गेममा हामीले आठौंको नतिजा दोहोर्‍याउँछौं भन्न अफ्ठ्यारो छ । त्यो बेला मार्सलआर्टका खेलहरुमा प्राविधिक विकास भइसकेको थिएन । तर, अहिले विकसित देशहरुले यसमा लगानी बढाएका छन्। त्यसैले त्यो समयको तुलनामा अहिले निकै ‘टफ’ छ,’ श्रेष्ठले भने, ‘पुरानै नतिजा दोहोर्‍याउँछौं भनेका छौं । त्यो आत्मविश्वास आयोजक राष्ट्र भएका कारण हुनु पनि पर्छ ।’

आठौंमा करातेले १४ स्वर्ण ल्याउँदाका खेलाडी श्रेष्ठले त्यतिबेलाको नेपालको खेलहेर्दा अहिलेको खेलको स्तर अहिले नभएको दाबी गर्छन् ।

अन्य देशहरुले मार्सलआर्टमा लगानी गरेर अगाडि बढाएको, त्यसै अनुसार अहिले प्रतियोगितामा सहभागी भइरहेको श्रेष्ठ बताउँछन् । तर, नेपालले अहिले पनि अरु देशको तुलनामा खेलमा लगानी गर्न नसकेको उनी तर्क गर्छन् ।

तेक्वान्दोका ओलम्पिएन खेलाडी तथा तेक्वान्दोबाट सागमा सर्वाधिक स्वर्ण जित्ने खेलाडी दिपक विष्ट भने यसअघिको भन्दा १३ औं सागमा मार्सलआर्टमा धेरै स्वर्ण आउने बताउँछन् । ‘सागलाई लिएर मार्सलआर्ट भित्रका सबै खेलाडी, प्रशिक्षक र पदाधिकारी चिन्तित छन् । आठौंको नतिजालाई अन्य संस्करणमा अगाडि बढाउन नसकेको कुराले अहिले पनि पिरोलि छ,’ बिष्टले भने, ‘अन्य खेलमा पनि राम्रै तयारी भइरहेको होला तर, तेक्वान्दोले चाहिँ अहिलेसम्मको सागमा सबैभन्दा सफल खेल हो । घरमै हुने सागमा पनि धेरै भन्दा धेरै पदकका लागि प्रयास गर्नेछौं ।’

आठौंमा १४ स्वर्ण जितेको तेक्वान्दोले नवौंमा ६ स्वर्ण जित्दा त्यसपछि दशौं र एघारौं सागमा समान २–२ स्वर्ण जितेको थियो । तर, १२ औं सागमा भने तेक्वान्दोले एक स्वर्ण पनि जित्न सकेन ।

‘१२ औं सागमा तेक्वान्दोले स्वर्ण जित्न असफल रह्यो । तर, ७ रजत पदक जितेको थियो । त्यो पनि सागमा तेक्वान्दोको सबैभन्दा धेरै रजत पदक थियो,’ बिष्टले भने,‘हामीले यो संस्करणमा जतिसक्दो राम्रो गर्ने लक्ष्य बनाएका छौं । अहिले नै यति पदक जित्छौं हामी भन्दैनौं । तर, तेक्वान्दोले नेपालीलाई निराश हुने वातावरण दिँदैन ।’

मार्सल आर्ट भित्रकै अर्को खेल बक्सिङका प्रशिक्षक दिपक महर्जन पनि सागमा धेरै स्वर्ण जित्ने दाबी गर्न कन्जुसाई गर्छन् । उनले बक्सिङमा भारत निकै अगाडि रहेका कारण धेरै उपाधि जित्ने दाबी गर्न नसकिने बताउँछन् ।

काठमाडौंमा हुो प्रतियोगितामा धेरैमा ३ स्वर्ण जित्ने लक्ष्य लिएर बक्सिङ टोली अभ्यासमा जुटेको उनको भनाई छ । ‘हामीले अभ्यास गरिरहेका छौं । तर, मार्सलआर्टका खेलबाट बन्द प्रशिक्षणमा अभ्यास गरेर मात्रै पदक ल्याउन सकिदैन,’ महर्जनले भने, ‘खेलाडीलाई जतिसक्दो धेरै ‘एक्सपोजर’ दिन सक्नु पर्दछ । कुनै पनि टिमसँग अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्नुपर्छ । नभए अहिलेको अभ्यास त खेलाडीको फिजिकल भइरहेको छ ।’

मार्सलआर्टका तेक्वान्दो र कराते जति अन्तर्राष्ट्रिय स्तरमा सफल खेल हुन त्यतिनै विवादमा पनि छन् । यी दुई खेल दुई–दुई संघमा विभाजित भए । तर, अहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले संघहरु एक नभए सागको अभ्यासमा सहभागी नगराउने भन्दै अडान राखेपछि खेलाडी एकै स्थानमा अभ्यास गरिरहेका छन् ।

कुनै पनि संघ विवादमा पर्दा खेललाई असर गर्ने ओलम्पियन बिष्ट स्वीकार्छन् । ‘पक्कै पनि कुनै पनि खेल विकासमा यस्ता पक्षहरुले असर त पार्छ नौ,’ बिष्टले थपे,‘जसरी संघहरुमा समस्या आउँदै गर्दा । नयाँ खेलाडीहरु पलायन हुँदै गए र नयाँ पुस्ताका खेलाडीले खेलमा रुचि घटाउँदै जाँदा यस्तो समस्या आएको हो ।

मार्सलआर्ट भित्रैकै उसु र जुडोले पनि सागमा आठौं साग पछि पदक हात पारेका छन् । उसुले दशौं र एघारौं सागमा समान २–२ स्वर्ण पदक हात पार्दा १२ औैंमा एक स्वर्णमात्रै जितेको थियो । जसमा निमा घर्ती मगरले स्वर्ण जितेकि थिइन् । १३ औं सागमा उसुलाई पनि धेरै पदक जित्ने खेलका रुपमा हेरिएको छ ।

यता, जुडोले भने १२ औं सागमा एक स्वर्ण जितेको थियो । जसमा महिला खेलाडी फुपु ल्यामु खत्र्रिले जुडोलाई लामो समयको जुडोमा रहेको स्वर्णको खडेरीलाई चिरेकि थिइन् ।

सागमा जुडोले सातौं सागमा ३ स्वर्ण जित्दै स्वर्णको संख्या बढाएको थियो । उक्त संस्करणमा नेपालले ४ स्वर्ण जित्दा ३ जुडोले मात्रै जितेको थियो भने एक एथ्लेटिक्सले जितेको थियो । तर, घरमै आयोजना हुन लागेको प्रतियोगितामा जुडोले पनि बलियो उपस्थिती जनाउने अनुमान लगाइएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ९ : ३९ बजे

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार