शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको ‘साहो’ सम्बन्धी ११ रोचक तथ्य « Khabarhub

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको ‘साहो’ सम्बन्धी ११ रोचक तथ्य


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्रदर्शन अगावै चर्चामा रहेको बलिउड चलचित्र ‘साहो’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदै छ ।

रिलिज अगावै चलचित्रले ३ सय करोड बढी आम्दानी गरिसकेको छ । चलचित्रले विभिन्न रेकर्ड राख्ने दर्शकले अपेक्षा गरेका छन् ।

यो फिल्म हिन्दी, तमिल र मलयालम गरी तीन भाषामा एकैसाथ रिलिज हुनेछ । ‘साहो’लाई नर्थ इन्डियामा ४५०० वटा स्क्रिनमा रिलिज गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय मिडियाका अनुसार ‘साहो’ तामिलनाडुमा करिब ५५० वटा स्क्रिनमा रिलिज हुनेछ ।

यो भन्दा पहिले ‘बाहुबली–२’ राज्यका ५२५ वटा मात्रै स्क्रिनमा रिलिज भएको थियो । ‘साहो’ को तेलुगू थियेट्रिकल राइट्स १२५ करोड भारतीय रुपियाँमा बिक्रि भएको छ । यसले पनि ‘बाहुबली–२’ को रेकर्ड तोड्न सफल भएको छ । राजामौलीको फिल्म ‘बाहुबली–२’ तेलुगू राइट्स १२२ करोड भारतीय रुपियाँमा विक्री भएको थियो ।

चलचित्र ‘साहो’का केही रोचक तथ्य यस्ता छन्–

–दक्षिण भारतीय स्टार प्रभास स्टारर हिन्दी फिल्म ‘साहो’ करिव साढे तीन सय करोड भारतीय रुपैयाँको बजेटमा तयार पारिएको हो ।

–यो एउटा स्पाइ–थ्रिलर फिल्म हो, जसमा एक्सनको हाई डोज देख्न पाइने छ भने फिल्ममा कमेडी र रोमान्सका दृष्य पनि उत्तिकै समावेश गरिएका छन् ।

–फिल्मको एक–एक एक्सन दृष्यका लागि करिब २५ करोड भारु खर्च गरिएको छ । ती एक्सन दृष्यहरु दुबईको बुर्ज खलीफाको वरपर छायांकन गरिएका हुन् । ती दृष्यहरुलाई स्टन्ट कोरियोग्राफर केनी बेट्सले डिजाइन तथा छायांकन गरेका हुन् ।

-फिल्ममा प्रभासले एक डबल एजेन्टको भूमिका निर्वाह गरेका छन् । भनिन्छ उक्त फिल्ममा करिब–करिब हरेक कलाकारलाई हल्का ग्रे–सेडमा प्रस्तुत गरिएको छ ।

–साहोमा प्रभासले केही अन्डरवाटर स्टन्टहरु समेत गरेका छन् । त्यसका लागि उनले स्कूबा डाइभिङको प्रशिक्षण लिएका थिए ।

–बाहुबलीको लुकबाट साहोको लुकसम्म आउनका लागि प्रभासले निकै नै मेहनत गरेका छन् । यो फिल्मका लागि प्रभासले आफ्नो १० किलो तौल घटाएका थिए ।

–फिल्ममा श्रद्धा कपुरले क्राइम ब्रान्च अफिसर अमृता नैयरको भूमिका निर्वाह गरेकी छिन्।

–साहोलाई तमिल भाषामा छायांकन गरिएको छ, तर यो फिल्म तेलुगु, मलयालम तथा हिन्दी भाषामा पनि प्रदर्शन हुनेछ ।

–साहोको एउटा गीत ‘ब्याड ब्वाइ’का लागि अभिनेत्री ज्याक्लिन फर्नान्डिजले २ करोड भारु पारिश्रमिक लिएकी छिन् । उक्त गीतलाई नीति मोहन तथा बादशाहले गाएका हुन् ।

–फिल्ममा नील नितिन मुकेश, ज्याकी श्राफ, मन्दिरा बेदी तथा चंकी पाण्डे जस्ता बलिउडका कलाकारको अभिनय रहेको छ ।
–यो फिल्मले आफ्नो रिलिजभन्दा अगाडि नै ३ सय करोड भारु आम्दानी गरिसकेको छ । उक्त आम्दानी सबै भाषामा दिइएको थिएट्रिकल राइट्सबाट भएको हो ।

-यो फिल्म १५ अगष्टमा प्रदर्शन हुनु पर्ने थियो, तर अन्य फिल्महरु उक्त मितिमा प्रदर्शन हुने भएकाले यसको प्रदर्शन दुई सातापछि सारेर अगष्ट ३० लाई निर्धारण गरिएको हो ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ९ : ४८ बजे

कुनै बेला पर्यटकको आकर्षण इरानको केशम द्वीप, जहाँ अमेरिकाले बर्साइरहेको छ बम

तेहरान- अमेरिकाले इरानको केशम द्वीपलाई निशाना बनाइरहेको छ। करिब १,४४५

म्यानमाबाट आएको ड्रोन थाइल्यान्डमा विस्फोट, तीन आप्रवासीको मृत्यु

बैंकक– म्यानमाको गृहयुद्धमा प्रयोग गरिएको एक ड्रोन छिमेकी मुलुक थाइल्यान्डमा

राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीको निरन्तर विरोध, बैठक २६ गतेसम्मलाई स्थगित

काठमाडौं– नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै

रुसको भीषण हवाई आक्रमणमा २२ जनाको मृत्यु, १३८ घाइते

किएभ – रुसले रातभर युक्रेनका विभिन्न सहरमा गरेको व्यापक हवाई आक्रमणमा

संविधानसँग सम्बन्धित सम्झौताको अध्ययनमा कार्यदल

काठमाडौं– संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले विगतमा सरकार