भाइरल ज्वरोका बिरामी बढे « Khabarhub

भाइरल ज्वरोका बिरामी बढे


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भीमदत्तनगर– भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुग्नेमध्ये अधिकांशमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको छ । उपचारका लागि पुग्नेमध्ये ७० प्रतिशत बढी बिरामीमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको हो ।

साउनको दोस्रो हप्तादेखि भाइरल ज्वरोका बिरामी अस्पतालमा उपचारका लागि पुग्ने क्रम शुरु भएको बताइएको छ । अस्पतालका सूचना अधिकारी केशव अवस्थीले भने, “हालसम्म भाइरलका बिरामी आउने क्रम रोकिएको छैन ।” ज्वरो आउने, टाउको, घाँटी, हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने, जिउ दुख्नेलगायतका लक्षण भएका बिरामीको सङ्ख्या प्रतिदिन बढदो रहेको उनले बताए ।

उनका अनुसार अस्पतालमा दैनिक २०० को हाराहारीमा बिरामी उपचारका लागि पुग्ने गरेका छन् । जसमध्ये ७० प्रतिशत बढी भाइरल ज्वरोका बिरामी छन् ।

ज्वरोको समस्या लिएर आउनेमा ज्येष्ठ नागरिक, बालबालिका र महिलाको सङ्ख्या अधिक छ । लक्षणका आधारमा भाइरलको सङ्क्रमण भएका बिरामीको चिकित्सकले उपचार गर्दै आएका छन् ।

वातावरणमा आएको परिवर्तन र दुषित खानपानका कारण भाइरल ज्वरोको सङ्क्रमण हुने गरेको छ । यसैगरी, ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्यचौकीमा समेत भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढदो छ ।

स्वास्थ्यचौकीमा दैनिक ६० को हाराहारीमा ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेका छन् । बजार क्षेत्रका निजी क्लिनिकमा भाइरल ज्वरोको उपचारका लागि पुग्ने बिरामीको सङ्ख्यासमेत उत्तिकै रहेको छ ।

वातावरणीय प्रभावका कारण भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दोरूपमा रहेको छ शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख तीर्थराज भट्टले भने, “नगरपालिकामा रहेका पाँच स्वास्थ्य संस्थामा दैनिक १०० बढी बिरामी भाइरल ज्वरोको समस्या लिएर पुग्ने गर्दछन् ।”

भाइरल ज्वरोले पाँच दिनदेखि एक हप्तासम्म प्रभावित गर्न सक्ने भएकाले स्वस्थ्य व्यक्तिले भाइरल ज्वरोको सङ्क्रमण भएका बिरामीबाट टाढै बस्नुपर्ने हुन्छ । व्यक्तिगत सरसफाइ र खानपानमा ध्यान दिनु आवश्यक हुने शाखा प्रमुख भट्टले बताए ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  १० : २८ बजे

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल