डा. भट्टराईले दिएको अभिव्यक्ति सामाजिक सद्भाव बिगार्ने खालको – भीम रावल « Khabarhub

डा. भट्टराईले दिएको अभिव्यक्ति सामाजिक सद्भाव बिगार्ने खालको – भीम रावल


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रदेशका सबै स्थानीय तहमा छिट्टै पार्टी विस्तार गरिने बताएका छन् ।

नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले गाउँ/नगर तथा जिल्लाका जनवर्गीय सङ्गठन एकीकरणकार्यलाई तीव्रता दिइने बताए ।

केन्द्र, जिल्ला र प्रदेशमा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको बताउँदै उनले अब प्रदेशका सबै स्थानीय तह र जनवर्गीय सङ्गठन एकीकरणको कामलाई छिट्टै अघि बढाइने जानकारी गराए ।

गाउँ/नगर कमिटी एकीकरणपश्चात पार्टी सुदृढ हुने उनको भनाइ थियो । गाउँपालिका र नगरपालिकामा पार्टी एकीकरण गरी स्थानीय तहमा भइरहेका विकास निर्माणका काम प्रभावकारी हुने नेता रावलले बताए ।

फरक प्रसङ्गमा कुरा गर्दै नेता रावलले टिकापुरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको अभिव्यक्ति सामाजिक सद्भाव बिगार्ने खालको भएको टिप्पणी गरे ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  १० : ३५ बजे

देशका विभिन्न ठाउँमा पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम – सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई