शूटिङ लोकेशन खोज्दै विकास बोर्ड, तस्वीर पठाउन आह्वान « Khabarhub

शूटिङ लोकेशन खोज्दै विकास बोर्ड, तस्वीर पठाउन आह्वान


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डले चलचित्र छायांकनका लागि सम्भाव्य स्थलको खोजी गर्न चलचित्र छायांकन गन्तव्य स्थलहरुको फोटो तथा भिडियो पठाउन आह्वान गरेको छ । बोर्डले नेपाल पर्यटन बोर्डको सहकार्यमा प्रकाशन गर्न लागेको पुस्तकका लागि तस्वीर तथा भिडियो पठाउन आह्वान गरेको हो ।

नेपाल सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम बमोजिम ‘छायांकनका लागि नेपाल कार्यक्रम’ अन्तर्गत चलचित्र पर्यटनमा सहयोग पुर्‍याउने उद्देश्यले लोकेशनका लागि तस्वीर तथा भिडियो पठाउन अनुरोध गरेको छ ।

बोर्डका अनुसार प्रकाशन गर्न लागिएको ‘लोकेसन गाइड बुक’ ले सम्भाव्य चलचित्र छायांकन गन्तव्य स्थलहरुको खोजी गर्न सघाउ पुर्‍याउनेछ ।

बोर्डका अनुसार इच्छुकले तस्वीर तथा भिडियो अनलाइनमार्फत अपलोड गरी सहभागिता जनाउन सक्नेछन् । सम्भाव्य स्थलका तस्वीर तथा भिडियो यही भदौ ३१ गतेसम्म बुझाउनुपर्ने बोर्डले जनाएको छ ।

यस्ता छन् तस्वीर पठाउनका लागि राखिएका शर्त:

१. मिति २०७६ भाद्र ३१ गते मंगलबारभित्र फोटो तथा भिडियो सामग्री अनलाइनमा लगइन गरी अपलोड गर्न सकिनेछ ।

२. नेपालमा रहेका आकर्षक तथा सम्भाव्य चलचित्र छायाङ्कनस्थलहरू– हिमाल, पहाड, तराई, ताल, नदी, झरना, वन जंगल, वन्यजन्तु, चरा चुरुङ्गी, राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, ऐतिहासिक तथा पुरातात्विक स्थल, मठ मन्दिर, गाउँ परिवेश, कला सँस्कृति, भेषभूषा, रहनसहन, आदिका फोटा एवं भिडियोहरु पठाउन सकिनेछ ।

३. फोटो तथा भिडियो चलचित्र विकास बोर्डको वेवसाइट http://www.film.gov.np/locationhunt मा गई लगइन गरी Upload गर्न सकिनेछ ।

४. सहभागिताका लागि सबै खालका क्यामेरा र स्मार्ट फोनबाट खिचिएका फोटो र भिडियो पठाउन सकिनेछ ।

५. छनौटमा परेका फोटो र भिडियोलाई चलचित्र विकास बोर्डबाट तोकिए बमोजिम पारिश्रमिक उपलब्ध गराईनेछ ।

६. तोकिएको समयभन्दा पछि प्राप्त हुने फोटो तथा भिडियो सामग्रीलाई छनौट प्रक्रियामा समावेश गरिने छैन ।

७. छनौट सम्बन्धी सर्वाधिकार चलचित्र विकास बोर्डमा नीहित रहनेछ ।

८. छनौटमा परेका फोटो र भिडियोलाई बोर्डले प्रयोग गर्नु अघि प्रतिलिपि अधिकार लगायतका विषयमा दुई पक्षीय सम्झौता गरिनेछ ।

९. यस सम्बन्धमा अन्य कुराहरु बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ ।

१०. यो सूचना चलचित्र विकास बोर्डको वेवसाइट र सूचना पाटीमा समेत हेर्न सकिनेछ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ११ : ३६ बजे

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल