यी फलफूल र सागसब्जी बोक्रासहित खाँदा यस्तो फाइदा « Khabarhub

यी फलफूल र सागसब्जी बोक्रासहित खाँदा यस्तो फाइदा


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फलफूल र सागसब्जीका बोक्रामा पाइने एन्टिअक्सिडेन्टले हामीलाई कतिपय रोग लाग्नबाट समेत बचाउँछ । एन्टिअक्सिडेन्टले मुटुसम्बन्धी रोग र केही क्यान्सरको जोखिम न्यून हुन्छ । फलफूल र सागसब्जीमा पाइने केही एन्टिअक्सिडेन्टले स्नायुसम्बन्धी अल्जाइमर्सजस्ता रोगहरू लाग्ने जोखिम न्यून हुन्छ ।

सामान्यतया फलफूल र सागसब्जीमा धेरै मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ, तर अध्ययन अनुसन्धानहरूले त्यस्ता एन्टिअक्सिडेन्ट बाहिरी भाग अर्थात बोक्रामा नै केन्द्रित हुने देखाएका छन्। त्यसैले फलफूल र सागसब्जीबाट धेरै मात्रामा एन्टिअक्सिडेन्ट पाउनका लागि बोक्रैसहित उपयुक्त हुने पोषण विद्हरु बताउँछन् ।

फर्सी र यसको प्रजातिका विन्टर स्क्वासजस्ता केही सागसब्जीका बोक्रा खान सकिने भए पनि काँचै खान हुँदैन । तर पकाउँदा वा उसिन्दा यिनका बोक्रा नरम हुन्छ र सजिलै खान र पचाउन सकिन्छ।

केही फलफूल र सागसब्जीका बोक्रा तितो हुने भए पनि मजाले खान सकिन्छ । तर बोक्रामा मैनको तह वा फोहोर भने जमेको हुन सक्छ र सफा गर्न निकै कठिन हुनसक्छ । तर हामीलाई बोक्रैसहित खान मन नलागे बोक्रा छोडाएर÷ताछेर खानेबाहेक अर्को विकल्प हुँदैन ।।

यी फलफूल र सागसब्जी बोक्रा सहित खान सकिन्छ

–स्याउ,

– आरु,

–कुरिलो,

–बेरी प्रजातिका फलफूल,

–गाजर,

–मूला,

–काँक्रो,

–भन्टा,

–अंगुर,

–किवी,

–च्याउ,

–चुकन्दर,

– नास्पाति,

–हरियो केराउ,

–खोर्सानी,भिँडे खोर्सानी,

–बयर,

–आलु ।

फलफूल र सागसब्जीका बोक्रामा फाइबर, भिटामिन, खनिज र एन्टिअक्सिडेन्ट जस्ता पोषक तत्व अत्यधिक मात्रामा पाइने हुँदा गुदीभन्दा बढी पोषणयुक्त हुन्छन् । घरमा फलेको वा आफूले उब्जाएको फलफूल र सागसब्जी बोक्रैसँग खान सकिने खालका भए बोक्रा नछोडाइ खानु स्वास्थ्यका लागि फाइदाजनक छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  १२ : ४२ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन