सवारी दुर्घटनाबाट बच्न ध्यान दिनुपर्ने कुरा « Khabarhub

सवारी दुर्घटनाबाट बच्न ध्यान दिनुपर्ने कुरा


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्ला केही वर्षयता सवारी दुर्घटनाका घटना बढिरहेका छन् । देशभरी हजारौँको संख्यामा मानिसहरुले सवारी दुर्घटनामै ज्यान गुमाउने गरेका छन् ।

विभिन्न स्तरमा पुगि प्रहरीले दुर्घटना न्यूनीकरणका लागि थुप्रै सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । तर पनि दुर्घटना घट्नुको साटो झनै बढ्दै गइरहेको छ ।

सवारी दुर्घटनाका कारण

  • सडकको संरचना कमजोर ।
  • सवारीसाधनको अवस्था कमजोर ।
  • सडकमा पूर्वाधारको अभाव ।
  • सडक प्रयोगकर्ताको लापरवाही ।
  • ट्राफिक सम्बन्धी नियम कानूनको अपहेलना ।

नेपालको सडकको संरचना एकदमै धरापमा देखिन्छ । भौगोलिक अवस्थाका कारण अधिकांश सडक उकालो ओरालो, साँघुरो घुुम्ती, खाल्डाखुल्डी, लेन मार्किङ नभएका, दुइतर्फी आवतजावतका लागि सडक नछुट्याइएको र साँघुरा लेन भएका छन् । यस्ता सडकमा सवारी साधन गुडाउन चालकलाई कठिन समेत हुनेगर्छ ।

त्यस्तै कतिपय कालोपत्रे भएका सडकमा पनि पूर्वाधारको अभाव देखिन्छन् । यो समस्या ग्रामीण भेगमा भन्दा सहरी क्षेत्रमा बढि देखिन्छ । सडकमा पर्याप्त मात्रामा आकाशे पुल, जेब्रा क्रसिङ, अपाङ्मैत्री सडक नहुँदा मानिसहरु सडकबाटै बाटो काट्ने र सवारी साधन हुइकिएर आउने हुँदा दुर्घटना बढेका छन् ।

सवारी दुर्घटना शून्यमा ल्याउन नसकेपनि केही हदसम्म घटाउन भने सकिन्छ । सामान्य दुर्घटनाको कुरा गर्दा वर्खायाममा बढि दुर्घटना भएको पाइन्छ ।

नेपालमा अहिले सडक सुरक्षाको काम मुख्यतः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्थापन विभाग, सडक विभाग र ट्राफिक प्रहरीले हेरिरहेका छन् ।

सवारी दुर्घटना न्यूनीकरणका उपायहरु :

  • पहाडी क्षेत्रका साँघुरा तथा कच्ची सडकमा लामा सवारी साधन सञ्चालनमा रोक लगाउनुपर्छ ।
  • रातको लागि ट्राफिक संकेत बोर्ड र सडक बत्ती राख्नुपर्छ ।
  • सवारी साधनको चेकजाँच गराउनका लागि भेइकल फिटनेश केन्द्र स्थापना गराउनुपर्छ ।
  • रुट तथा सवारी क्षमताअनुसार सञ्चालन अनुमति दिनुपर्छ ।
  • पैदलयात्री तथा दुइ पांग्रे सवारीका लागि छुट्टाछुट्टै लेन बनाउनुपर्छ ।
  • बस बिसाउनेमा मात्र सवारी रोक्नुपर्छ ।
  • अनाधिकृत रुपमा सवारी पार्किङ गर्न हुँदैन ।
  • सडक सुरक्षाका विषयमा पाठ्य सामग्री बनाइ विद्यालय तहमा राख्दा राम्रो मानिन्छ ।
  • सडक अतिक्रमण गरी बनाइएका घर तथा टहराहरु हटाउनुपर्छ ।
  • पशुचौपयालाई सडकमा पस्न दिनुहुदैँन ।
  • पौदलयात्रुले पनि ट्राफिक नियमको पालना गर्नुपर्छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  १२ : ४५ बजे

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय

कञ्चनपुर– थारू जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

एजेन्सी– मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल