प्रभासले फेरि तोडे आफ्नै फिल्मको रेकर्ड ! « Khabarhub

प्रभासले फेरि तोडे आफ्नै फिल्मको रेकर्ड !


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मुम्बई – दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म ‘साहो’ ले कैयन् रेकर्ड ब्रेक गरिसकेको छ । शुक्रबारदेखि रिलिज हुन लागेको यो फिल्मले यतिबेला अर्को रेकर्ड पनि बनाएको छ ।

खबरका अनुसार ‘साहो’ अहिलेसम्म धेरै हल पाउने फिल्म बनेको छ । यसअघि चलचित्र ‘बाहुबली २’ र रजनीकान्तको साइन्स फिक्सन फिल्म ‘२.०’ ले धेरै हल पाएर रेकर्ड बनाएका थिए । ‘बाहुबली २’ प्रभासको आफ्नै फिल्म थियो ।

भारतीय मिडियाका अनुसार ‘साहो’ भारतमा मात्र १० हजार स्किृनमा रिलिज हुँदैछ । फिल्म पण्डितहरुले यो फिल्मले पहिलो दिन नै ७५ करोड कमाउने अनुमान गरेका छन् ।

यसअघि अक्षयकुमारको फिल्म २.० ले विश्वव्यापी रुपमा १० हजार स्किृन पाएको थियो । यस्तै प्रभासकै ‘बाहुबली २’ ले संसारभर ९ हजारवटा स्किृन पाएको थियो ।

प्रभासको प्रतीक्षित फिल्म ‘साहो’ ४ भाषामा रिलिज हुँदैछ । श्रद्धा कपूरको समेत अभिनय रहेको यो फिल्म नेपालमा पनि रिलिज हुँदैछ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  १ : १२ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको