अबको साढे ३ वर्षमा द्रुतमार्ग सक्ने सेनाको प्रतिबद्धता, अहिलेसम्म ८ प्रतिशत प्रगति « Khabarhub

अबको साढे ३ वर्षमा द्रुतमार्ग सक्ने सेनाको प्रतिबद्धता, अहिलेसम्म ८ प्रतिशत प्रगति


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) अबको साढे तीन वर्षभित्र सम्पन्न गर्ने जनाएको छ ।

सेनाले बुधबार पत्रकार सम्मेलन गरी द्रुतमार्ग निर्माण सम्बन्धी जानकारी गराएको हो । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बमोजिम आयोजनाको लागत एक खर्ब ५५ अर्ब रुपैयाँ रहेको छ । मूल्य अभिवृद्धि करसहित कूल लागत एक खर्ब ७५ अर्ब रहेको छ ।

अन्तर्राष्ट्रिय परामर्शदाताबाट तयार गरिएको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)मा आयोजना निर्माण हुने सम्पूर्ण संरचनाहरुको मात्र लागत अनुमान गरिएको छ । आयोजना निर्माणको दौरान हुन आउने अन्य विविध खर्चहरुको बारेमा भने सेनाले केही उल्लेख गरेको छैन । निर्माणको समयमा आउने विविध र भैपरी खर्च नेपाल सरकारले उपलब्ध गराउने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

द्रुतमार्ग ललितपुरको खोकनाबाट शुरु भई बाराको निजगढसम्म ७२ दशमलब ५ किलोमिटर दूरी र ४ लेनको सडक निर्माण हुने छ । यो यसअघिको डीपीआरको भन्दा ३ दशमलब ७० किलोमिटर दूरी कम हो । पहाडी भू–भागमा २५ मिटर र समथरमा २७ मिटर चौडाइको सडक निर्माण हुने छ । यस मार्गमा बन्ने ८७ पुलमध्ये विशेष प्रकृतिको १६ र अन्य पुल ७१ वटा बनाईने छ । यो सडकमा ३ वटा सुरुङमार्ग बनाइने छ ।

महादेवडाँडामा ३ दशमलब ३५ किलोमिटर र छोक्रेमा १ दशमलब ६३ किलोमिटरको सुरुङमार्ग निर्माण हुने छ । त्यस्तै, लेनडाँडामा १ दशमलब ४ किलो मिटर सुरुङमाग बन्ने छ । यसअघि एसियाली विकास बैंकले छोक्रेडाँडा, ठिंगन र लेनडाँडामा एक दशमल ३७ किलोमिटरको सुरुङमार्ग बनाउने प्रस्ताव गरेकोमा सेनाले पुनःरेखांकन गरेर तीन स्थानमा सुरुङमार्ग निर्माण गरिने काठमाडौ–तराई द्रुतमार्ग आयोजना, प्रमुख एवं सहायक रथी शरदलाल श्रेष्ठले बताए ।

खोकनाको विवाद मिलाउनका लागि सेनाले दुई स्थानको रेखांकन परिर्वतन गरेको छ । खोकना क्षेत्र र महादेवटार लेनडाँडा क्षेत्र गरी दुई ठाउँमा रेखांकन परिर्वतन भएको हो । धार्मिक एवंम सांस्कृतिक महत्व बोकेको खोकना क्षेत्रको सिकाली मन्दिर साथै कोदेश क्षेत्रलाई संरक्षण हुने गरी सामान्य रेखांकन परिर्वतन गरिएको नेपाली सेनाले जनाएको छ । साथै महादेवटारदेखि लेनडाँडासम्मको खण्डमा एडिबीद्वारा प्रस्तावित सुरुङको विकल्पमा थप नयाँ सुरुङमार्गसहित रेखांकन परिर्वतन भएको आयोजना प्रमुख एवं सहायक रथी श्रेष्ठले जानकारी दिए ।

पछिल्लो अवस्थामा द्रुतमार्गको सम्पूर्ण कामको ८ प्रतिशत सम्पन्न भईसकेको सेनाले जनाएको छ । रक्षा मन्त्रालयले पेश गरेको ५ महिनापछि यही भदौ १ गते मन्त्रिपरिषद् बैठकले द्रुतमार्ग निर्माणको डीपीआर स्वीकृत गरेको थियो । द्रुतमार्ग निर्माणको क्रममा एक लाख ५१ हजार रुख काटिने सम्भावना छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ३ : ५६ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता