यातायात मन्त्री महासेठको गाडीमा ट्राफिक प्रहरीको ह्वील लक ! « Khabarhub

यातायात मन्त्री महासेठको गाडीमा ट्राफिक प्रहरीको ह्वील लक !


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहरी तथा राजमार्ग क्षेत्रको सडक व्यवस्थापनसँगै यातायातसँग सम्बन्धित नियम कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हो ।

तर, सोही मन्त्रालयको नेतृत्व गर्ने मन्त्री रघुबीर महासेठ चढ्ने गाडी भने सवारी नियम उल्लंघन गरेको भन्दै कारबाहीमा परेको छ ।

सडकमा जथाभावी पार्किङ गरेर राखिएको मन्त्री महासेठको बा २ झ ४८६२ नम्बरको गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको हो ।

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा पार्किङ निषेध गरिएको सडक किनारामा पार्किङ गरेर राखिएको महासेठको गाडीमा ट्राफिक प्रहरीले ह्वील लक लगाइदिएको हो ।

यद्यपि गाडी कारबाहीमा पर्ने क्रममा मन्त्री महासेठ भने त्यसमा सवार थिएनन् । मन्त्रालय स्रोतका अनुसार मन्त्रीलाई कुनै ठाउँमा छाडेर आउने क्रममा गाडीका चालकले सडकमा जथाभावी गाडी पार्क गरेका थिए ।

ट्राफिक प्रहरीले गाडीका चालकलाई १ हजार रुपैयाँ जरिवाना तिराएर गाडी चाडेको जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ३ : ३७ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी