प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया पूरा हुन अझै एक साता लाग्ने « Khabarhub

प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया पूरा हुन अझै एक साता लाग्ने


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा प्लाज़्मा फेरेसिस प्रकृयाबाट उपचार जारी रहेको छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । उनले प्रधानमन्त्रीको स्वास्थ उपचार प्रकृया अर्को साता सम्ममा पूरा हुने जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ । स्वास्थ्य परीक्षण तथा उपचारका लागि गत विहीबार सिंगापुर गएका प्रधानमन्त्री ओलीको शुक्रबारबाटै उपचार थालिएको थियो ।

‘प्रधानमन्त्री ओलीको मिर्गौलामा ‘एन्टीबडी’को मात्रा बढेकाले प्लाज्मा फेरेसिस प्रक्रियाद्वारा शुक्रबारबाटै उपचार सुरु थालिएको हो ।

यसअघि प्रधानमन्त्री ओली गत साउन १८ गते सिङ्गापुरको सोही अस्पतालमा उपचार गराइ सुधार भएपछि साउन २७ गते स्वदेश फर्किएका थिए ।

प्रधानमन्त्रीकी नीजि चिकित्सक प्रा डा. दिव्यासिंह शाह बुधबार मात्रै स्वदेश फर्किएकी छिन् ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ५ : ३१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै