भूकम्प गएको चार वर्ष बितिसक्दा काठमाडौंमा २७ प्रतिशत मात्र निजी आवास पुनर्निर्माण « Khabarhub

भूकम्प गएको चार वर्ष बितिसक्दा काठमाडौंमा २७ प्रतिशत मात्र निजी आवास पुनर्निर्माण


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूकम्प भएको चार वर्ष बितिसक्दा पनि तारकेश्वर नगरपालिकामा हालसम्म २७ प्रतिशत मात्र निजी आवास पुनःनिर्माण गरिएको छ ।

सानो क्षेत्रफलमा बनेका घर, बहुस्वामित्वका घर जग्गाधनी पूर्जा नभएका तथा गुठीको जग्गाका बनेका घर र क्षतिग्रस्त घर भत्काउदा सँगैरहेका घरलाई समेत क्षति पुग्ने भएकाले त्यस्ता घरलाई के गर्ने भन्ने स्पष्ट नीति नभएकाले निजी आवास पुनःनिर्माण अघि बढ्न नसकेको नगरपालिकाका वरिष्ठ इञ्जिनीयर शशी गुरुङले बताइन् ।

नगरपालिकामा पुनःनिर्माणका लागि लाभग्राही सङ्ख्या छ हजार १७४ रहेकामा एक हजार ६५२ लाभग्राहीले मात्रै निजी आवास पुनःनिर्माण गरेको कार्यालयले जनाएको छ । प्रवलीकरणबाट सजिलै पुनःनिर्माणमा जान सकिए पनि पुनःनिर्माणबाट प्रवलीकरणमा जान सजिलो छैन ।

पुनःनिर्माणका लागि थप रकम सरकारले दिने अनुदानभन्दा धेरै रकम जुटाउनुपर्ने र प्रवलीरणका बारेमा स्थानीयवासी नै स्पष्ट हुन नसकेका कारण निजी आवास पुनःनिर्माणको गति सुस्त भएको इञ्जिनीयिर गुरुङले जानकारी दिइन् ।

उनका अनुसार हाल नगरपालिकामा पहिलो किस्ता लिने पाँच हजार ६२ र दोस्रो किस्ता लिने दुई हजार ८५ लाभग्राही छन् ।करीब तीन हजार लाभग्राहीले पहिलो किस्ताको रु ५० हजार अनुदान लिएर निजी आवास पुनःनिर्माण शुरुआत नै नगरेको कार्यलयले जनाएको छ । धेरैले प्रवलीकरणमा सामान्य मर्मत गरे पुग्छ भनेरै पुनःनिर्माणबाट प्रवलीकरणमा आउन चाहदैनन् ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ५ : ०९ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी