भ्रमण वर्षमा विमानस्थल र होटलमा यतीको मस्कट राखिने « Khabarhub

भ्रमण वर्षमा विमानस्थल र होटलमा यतीको मस्कट राखिने


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमण वर्षको मुख्य मस्कटका रुपमा छनोट गरिएको यतीको मूर्ती ठूला होटल तथा विमानस्थलहरुमा राखिने भएको छ ।

नेपाली कलाकारले निर्माण गरेका यस्ता मूर्तिलाई नेपालको मौलिक पहिचानका रुपमा सबै ठूला होटल तथा विमानस्थलमा राख्न लागिएको हो ।

मस्कटलाई विदेशका विभिन्न शहरमासमेत प्रदर्शन गर्ने तयारी छ । भ्रमण वर्ष संयोजक सुरज वैद्यका अनुसार संसारका धेरै देशले आफ्नो पहिचानको रुपमा मस्कटलाई प्रवद्र्धन गर्छन् । त्यसैअनुरुप नेपालले पनि यतीलाई प्रवद्र्धन गर्न लागेको हो ।

नेपालको हिमाली क्षेत्रमा हिममानव यती पाइने गरेको विश्वास गरिन्छ । यद्यपि, अहिलेसम्म आधा मानव र जनावरको स्वरुप भएको भनिएको यतीको वास्तविकता भने पत्ता लागेको छैन ।

हिमाल आरोहणमा गएका आरोही तथा हिमाली क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुले यतीको पाइला देखेको दावी गर्ने गरेका छन् । कलाकारहरुले निर्माण गरेको यतीको मूर्तीलाई होटलहरुले खरिद गरी राख्न सक्ने व्यवस्था गरिएको संयोजक वैद्यले बताए ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ५ : ३१ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग