‘मिस्टर नेपाली’ मा भुवन केसीको ट्रिपल रोल ! « Khabarhub

‘मिस्टर नेपाली’ मा भुवन केसीको ट्रिपल रोल !


११ भदौ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कार्तिक २९ गतेदेखि प्रदर्शनमा आउने भनिएको फिल्म ‘मिस्टर नेपाली’ मा भुवन केसी तीन फरक भूमिकामा देख्न सकिनेछ । बुधबार फिल्म युनिटले राजधानीमा आयोजना गरेको ‘नाचौँ छम्म छम्म’ बोलको गीत रिलिज कार्यक्रममा भुवनले यसबारेमा खुलासा गरे ।

अभिनेता भुवन केसीले पनि यो फिल्ममा आफू तीन फरक भूमिकामा देखिन लागेको बताए । उनले भने, ‘हो, यो फिल्ममा म फरक–फरक भूमिकामा छु, उत्तिकै उत्साहित पनि छु ।’

फिल्ममा भुवनको जोडी रीमा विश्वकर्मासँग जोडी बाँधेका छन् । फिल्ममा उनले बाबु र छोराको भूमिकामा अभिनय गरेका छन् भने अर्को भूमिकाका बारेमा खुलाइएको छैन ।

बुधबार सार्वजनिक गरिएको गीतको भिडियोमा भुवन केसी र रीमाले बिहे गर्दै गरेको देख्न सकिन्छ ।

देवचुली फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मलाई देव भुसालले निर्देश्न गरेका हुन् भने प्रेमराज दाहालले निर्माण गरेका हुन् । यस्तै फिल्ममा भुवन र रीमाका अलावा सरोज खनाल, विष्णु सापकोटा, नन्दु श्रीवास्तव, कमलमणि नेपाल, रवि डंगोल, कुसुम राउत, साहिल श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : ११ भदौ २०७६, बुधबार  ५ : ५८ बजे

च्याउखेतीमा भविष्य खोजीरहेका देवराज स्याङ्तान

बनेपा–  बिहानको पाँच बजेसम्म पनौतीको  जनजीवन शान्त देखिन्छ । अधिकांश

जुन बस चढेर आएकी थिइन् त्यही बसले किचेर मृत्यु

मकवानपुर– भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३

१० ओभरको खेल सकिँदा ६६ रन बनाएको काठमाडौँले गुमायो चार विकेट

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर

इजरायलमा यहुदी–अरब सहकार्यको माग

जेरुसेलम– इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित