भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषदप्रति कांग्रेसको आपत्ति | Khabarhub Khabarhub

भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषदप्रति कांग्रेसको आपत्ति


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्स मार्फत मन्त्रिपरिषद् बैठक गर्ने सरकारको कार्यशैलीप्रति गम्भीर विमति जनाएको छ ।

नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा संचारकर्मीसंग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले प्रविधि प्रयोग गरेर गरिएका कतिपय अभ्यासहरुको गोपनियता भंग हुने गरेको भन्दै मन्त्रिपरिषद् बैठक जस्तो संवेदनशील विषय भिडियो कन्फ्रेन्सबाट गरिनुलाई स्वीकार गर्न नसकिने बताए ।

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी तोकेर पनि सिंगापुरबाट प्रधानमन्त्री केपी शर्मा ओली आफै बैठकमा सहभागी हुनु संवैधानिक र कानूनी प्रक्रियागत रुपमा नै त्रुटीपूर्ण भएको ठहर कांग्रेसले गरेको छ ।

प्रवक्ता शर्माले गोपनियता भंग हुन सक्ने र न्यायपालिका र व्यवस्थापिकामा पनि यस्तै नजिर बस्न सक्ने भन्दै आपत्ति जनाए । उनले मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि हलुका ढंगले संशोधन गर्ने परिपार्टीले भविष्यमा वेथिति ल्याउने दाबी गरे ।

वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बुधबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक विहिबार अपरान्ह सम्मकालागि स्थगित भएको छ । बैठकमा समयावधि सकिएका भ्रातृसंस्थाहरु र जनसम्पर्क समिति लगायत बारे छलफल हुने कार्यसूची थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ६ : ३५ बजे

भारतको लद्दाखमा नेपालकै शैलीमा प्रदर्शन : भाजपाको कार्यालय र प्रहरीको गाडी जलाइयो

लेह- लद्दाखलाई पूर्ण राज्यको दर्जा दिन मागसहित नेपालकै शैलीमा प्रदर्शन

माओत्सेको फिल्म ‘पेन्सनपट्टा’मा विश्वास र माया अनुबन्ध

काठमाडौं – कलाकार माओत्से गुरुङको लेखन र निर्देशनमा बन्न लागेको

राष्ट्रिय महिला आयोगकी कृष्णकुमारीले आफैंलाई तोकिन् कार्यवाहक अध्यक्ष

काठमाडौं– राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले अध्यक्ष कमला

देउवा दम्पती डिस्चार्ज हुँदै, तत्काललाई ललितपुरमा बस्ने

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी डा. आरजु

राष्ट्रपतिले जारी गरे मतदाता नामवालीसम्बन्धी अध्यादेश

काठमाडौं-  राष्‍ट्रपति रामचन्द्र पौडेलले मतदाता नामवालीसम्बन्धी अध्यादेश बुधबार जारी गरेका छन्