नवजात शिशुलाई गाईको दूध खुवाउँदै हुुनुहुन्छ ? सावधान ! « Khabarhub

नवजात शिशुलाई गाईको दूध खुवाउँदै हुुनुहुन्छ ? सावधान !


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दूध वा दूग्धजन्य पदार्थको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । दूधमा हुने क्याल्सिम, प्रोटिन लगायतका तत्वले स्वास्थ्यलाई लाभ गर्छ । सामान्यत: मानिसले गाई, भैँसी, उँट, भेडा, बाख्रा, चौरीगाईं लगायतका घरपालुवा जनावरको दूध खाने गर्छन् ।

दूध सबै उमेर समूहका मानिसका लागि स्वस्थवर्धक मानिन्छ । प्रसस्त मात्रामा पोषक तत्व रहने दूध बालबालिकालाई खुवाउनु उत्तम हुन्छ । दूधले शारीरका साथै मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्दछ ।

अझ नवजात शिशुहरुलाई आमाको दूध अमृत समान हुन्छ । आमाको दूधमा बच्चालाई चाहिने सम्पूर्ण पोषक तत्व पाइन्छ ।

तर शहरका कामकाजी महिला तथा रोजगार भएका महिला वा पर्याप्त मात्रामा दूध नआउने महिलाले आफ्ना नवजात शिशुलाई गाईको दूध ख्वाउने गरेको पाइन्छ । यसरी आमाको दूधको सट्टा नवजात शिशुलाई खुवाइने गाईको दूध कतिको लाभदायक छ त ?

नवजात शिशुलाई आमाको दूधको सट्टा गाईको दूध खुवाउनु हानिकारक मानिन्छ । एक वर्षभन्दा कम उमेरका बच्चालाई गाईको दूधले हानी गर्नसक्छ । गाईको दूधमा प्रोटिनको मात्रा अधिक हुन्छ ।

जसलाई नवजात शिशुले पचाउन सक्दैनन् । यसले बच्चाको पाचनप्रक्रियामा असर पुर्‍याउँछ । र, विस्तारै पाचन प्रक्रियामा एलर्जीको समस्या हुनसक्छ । साथै एक बर्षभन्दा कम उमेरमा गाईको दूधको सेवन गरेमा एनिमियाको समेत समस्या देखिन सक्छ । जसले शिशुको कमजोर मिर्गौलामा समेत असर गर्छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ७ : ४४ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग