नवजात शिशुलाई गाईको दूध खुवाउँदै हुुनुहुन्छ ? सावधान ! « Khabarhub

नवजात शिशुलाई गाईको दूध खुवाउँदै हुुनुहुन्छ ? सावधान !


११ भदौ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दूध वा दूग्धजन्य पदार्थको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । दूधमा हुने क्याल्सिम, प्रोटिन लगायतका तत्वले स्वास्थ्यलाई लाभ गर्छ । सामान्यत: मानिसले गाई, भैँसी, उँट, भेडा, बाख्रा, चौरीगाईं लगायतका घरपालुवा जनावरको दूध खाने गर्छन् ।

दूध सबै उमेर समूहका मानिसका लागि स्वस्थवर्धक मानिन्छ । प्रसस्त मात्रामा पोषक तत्व रहने दूध बालबालिकालाई खुवाउनु उत्तम हुन्छ । दूधले शारीरका साथै मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्दछ ।

अझ नवजात शिशुहरुलाई आमाको दूध अमृत समान हुन्छ । आमाको दूधमा बच्चालाई चाहिने सम्पूर्ण पोषक तत्व पाइन्छ ।

तर शहरका कामकाजी महिला तथा रोजगार भएका महिला वा पर्याप्त मात्रामा दूध नआउने महिलाले आफ्ना नवजात शिशुलाई गाईको दूध ख्वाउने गरेको पाइन्छ । यसरी आमाको दूधको सट्टा नवजात शिशुलाई खुवाइने गाईको दूध कतिको लाभदायक छ त ?

नवजात शिशुलाई आमाको दूधको सट्टा गाईको दूध खुवाउनु हानिकारक मानिन्छ । एक वर्षभन्दा कम उमेरका बच्चालाई गाईको दूधले हानी गर्नसक्छ । गाईको दूधमा प्रोटिनको मात्रा अधिक हुन्छ ।

जसलाई नवजात शिशुले पचाउन सक्दैनन् । यसले बच्चाको पाचनप्रक्रियामा असर पुर्‍याउँछ । र, विस्तारै पाचन प्रक्रियामा एलर्जीको समस्या हुनसक्छ । साथै एक बर्षभन्दा कम उमेरमा गाईको दूधको सेवन गरेमा एनिमियाको समेत समस्या देखिन सक्छ । जसले शिशुको कमजोर मिर्गौलामा समेत असर गर्छ ।

प्रकाशित मिति : ११ भदौ २०७६, बुधबार  ७ : ४४ बजे

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७

विराटनगरका रसेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

विराटनगरले गुमायो पाचौँ विकेट, म्याथ्युज आउट

नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र

जनता र पार्टीलाई जोड्न मंसिरभरि देशव्यापी अभियान सञ्चालन गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जनता र पार्टीलाई जोड्नका