हावाहुरीका कारण हवाई उडान प्रभावित « Khabarhub

हावाहुरीका कारण हवाई उडान प्रभावित


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ ।

साँझ ठुलो हावाहुरी चलेपछि काठमाडौंतर्फ आइरहेका सातवटा आन्तरिक उडान डाइभर्ट गरिएको विमानस्थलले जनाएको छ । त्यस्तै काठमाडौंबाट विराटनगर र भैरहवा जाने तीनवटा उडान रद्द गरिएको छ ।

भैरहवाबाट उडेका बुद्ध एयरका दुईवटा उडान, श्री एयरलाइन्सको सुर्खेत र धनगढीबाट आइरहेका जहाज डाइभर्ट गरिएको थियो ।

हावाहुरीका कारण काठमाडौं, ललितपुर र भक्तपुरका केही स्थानमा बिजुली पनि अवरुद्ध भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार राति देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

‘सोमबार राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणत बदली हुनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतस्सफा रहने छ’, महाशाखाले भनेको छ, ‘कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ ।’

महाशाखाले देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १० : ४३ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला