विश्वमा हरेक बर्ष ६ सय बुर्ज खलिफा बराबर खाना नष्ट « Khabarhub

विश्वमा हरेक बर्ष ६ सय बुर्ज खलिफा बराबर खाना नष्ट


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज पनि नेपालका ग्रामिण तथा पिछडिएको क्षेत्रका धेरै मानिस गरिबीको रेखामुनी छन् । उनीहरुले राम्रो खाना त परै जाओस्, बिहान–बेलुका दुई छाक खान पनि धौधो पर्ने गरेको छ ।

दैनिक भोकसँग लड्ने उनीहरु खाना अभावमा मृत्युवरण गर्न बाध्य छन् । तर शहरका होटल तथा अधिकांश भोजभत्तेरमा अत्यधिक मात्रामा खाना फ्याकिने गरिन्छ । यसरी फ्याकिने खानालाई जोगाउन जति नै प्रयास गरिएपनि नष्ट हुनबाट जोगाउन सकिएको छैन । तर के तपाईलाई थाहा छ, विश्वभर बर्सेनि कति खाना नष्ट हुन्छ ?

संयुक्त राष्ट्र संघको खाद्य एवं कृषि संगठन (एफएओ)का अनुसार विश्वभरमा बर्सेनि १ दशमलव ३ बिलियन टन अन्न नष्ट हुने गरेको छ । यसरी नष्ट हुने खानाका लागि प्रयोग भएको अन्नको हिसाब गर्ने हो भने २ हजार ६ सय बुर्ज खलिफा बराबर हुन्छ । बुर्ज खलिफा संयुक्त अबर इमिरेट्स (युएई) को दुबईस्थित चर्चित गगनचुम्बी भवन हो । जसलाई २०१० मा बनाइएको थियो ।

यो विश्वको सबैभन्दा अग्ला भवन मध्ये एक हो । विश्वका धनी देशका उपभोक्ताद्वारा मात्र २ सय २२ मिलियन टन खाना फ्याकिन्छ । यसरी फ्याकिने खानाको मूल्य कति होला ?

खाद्य एवं कृषि संगठनका अनुसार विश्वका विकसित राष्ट्रहरुले मात्र बर्सेनि झण्डै ७५ हजार करोड अर्थात ७ सय ४९ खर्ब नेपाली रुपैया (रु. ७,४९,९८,०१,६०,००,०००) बराबरको खाद्य सामग्री नष्ट गर्ने गरेका छन् ।

विकासोन्मुख देशहरुको तथ्यांक थपेमा त्यो रकम अझ बढ्नेछ । यसरी फ्याकिएका खाना नष्ट हुँदा त्यसको ब्यवस्थापनमा समेत खर्च हुने गरेको छ । नष्ट भएका खाद्य सामाग्रीको ब्यवस्थापन गर्न ठूलो धनराशिको खर्च हुने गरेको छ । स्टैटिस्टा डट कमका अनुसार यसरी खाना फ्याक्ने तथा नष्ट गर्नेमा अष्ट्रेलिया पहलो नम्बरमा छ । दोस्रोमा अमेरिका, तेस्रोमा टर्की, चौथोमा स्पेन पाचौँमा जापान रहेको छ ।

कुन देशले बार्षिक कति खाना नष्ट गर्छन् ? (प्रति ब्यक्ति)

१. अष्स्ट्रेलिया – ३६१ किलोग्राम
२. अमेरिका – २७८ किलोग्राम
३. टर्की – १६८ किलोग्राम
४. स्पेन – १६५ किलोग्राम
५. जापान – १५७ किलोग्राम
६. जर्मनी – १५४ किलोग्राम

छिमेकी मुलुक भारत खाना नष्ट गर्ने श्रेणीमा २१ नम्बरमा छ भने चीन २२ नम्बरमा रहेको छ । संगठनले जारी गरेको तथ्यांकअनुसार फ्याकिने खानामा ३० प्रतिशत अन्न, ४० प्रतिशत माटो मुनी फल्ने बाली, फलफूल र तरकारीजन्य सामाग्री रहेका छन् । त्यसै अत्यधिक नष्ट हुने खाद्य सामाग्रीमा तेलहन, माछामासु र दूग्धजन्य उत्पादन रहेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ८ : ०१ बजे

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री

राम्रो खेल्न सक्ने नेपाली फुटबल खेलाडी थोरै छन् : मुख्य प्रशिक्षक एरिना

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले