डेङ्गु र स्क्रवटाइफसबाट तीन जनाको ज्यान गयो « Khabarhub

डेङ्गु र स्क्रवटाइफसबाट तीन जनाको ज्यान गयो


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- जिल्लामा डेङ्गु र स्क्रवर्टाफसका कारण तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुई जना चितवन र एक जना रौतहटका रहेका छन् ।

कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी साउनयता डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ र स्क्रवटाइफसका कारण एक युवाको मृत्यु भएको जानकारी दिएको हो । यस्तै दुवैको सङ्क्रमणबाट एक किशोरीको मृत्यु भएको कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिए ।

केसीका अनुसार मृत्यु हुनेमा भरतपुर महानगररपालिका–१ गङ्गोत्री मार्ग निवासी ७१ वर्षीय पुरुषको डेङ्गुको कारण मृत्यु भएको छ । यस्तै रौतहटका ३४ वर्षीय पुरुषको स्क्रवटाइफस र भरतपुर महानगरपालिकाको शुक्रनगर निवासी १६ वर्षीय किशोरीको मृत्यु भएको हो । किशोरीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो भने अन्य दुईको चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।

पत्रकार सम्मेलनमा जिल्लामा डेङ्गुको सङ्क्रमणको प्रकोप देखिएको जानकारी दिइएको थियो । साउनयता एक हजार ३५६ जनाको परीक्षणमा ४३३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले जानकारी दिए । अझै यसको सङ्क्रमण बढ्दो सङ्ख्यामा रहेको उनले बताए । सङ्क्रमितहरुमा चितवनमा सबैभन्दा धेरै रहेका छन् । चितवनको पनि भरतपुर महानगरपालिका–१, २, ३, ४, १०, ११ र १२ बढी सङ्क्रमित देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यसैबीच जिल्लामा स्क्रवटाइफसको सङ्क्रमण पनि बढेको देखिएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार साउनयता ५०६ जनाको परीक्षण गरिएकोमा ४० जनामा सो रोगको सङ्क्रमण देखिएको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ९ : २० बजे

लुम्बिनी प्रदेशसभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सातौँ बैठक आजदेखि आगामी आर्थिक

कानुनी झमेलामा पर्दै युवा कमेडियन

काठमाडौँ- नेपालमा कमेडी विधा बाउन्स ब्याक भएको अवस्थामा छ ।

हावाहुरीले घर भत्किँदा एक महिलाको मृत्यु

रौतहट– रौतहटमा सोमबार साँझ आएको हावहुरीले घर भत्किएर थिच्दा एक

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डास्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन