मोटरसाइकल सिक्दा ध्यान दिनुपर्ने कुरा « Khabarhub

मोटरसाइकल सिक्दा ध्यान दिनुपर्ने कुरा


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आज शनिबार। सार्वजनिक बिदाको दिन। तपाईंलाई मोटरसाइकल सिक्ने चाहना भए आजको दिन उपयुक्त हुनसक्छ।

त्यसैले तपाईं मोटरसाइकल सिक्न चाहनुहुन्छ भने केही कुरामा ध्यान पुर्‍याउन आवश्यक छ । बिदाको दिन थोरै मात्र समय निकाल्नुभयो र दृढ इच्छाशक्ति राख्नुभयो भने सजिलै मोटरसाइकल सिक्न सक्नुहुनेछ।

यसरी सजिलै सिक्नुहोस मोटरसाइकल

– तपाईं मोटरसाइकल सिक्न चाहनुहुन्छ भने मानसिक रूपमा पनि त्यसका लागि तयार हुन जरुरी छ। तसर्थ, म सिक्न सक्छु भन्ने मानसिकता बनाउनुहोस्।

– तपाईं २० हर्सपावरको मोटरसाइकल पनि थाम्न सकिरहनुभएको छैन भने एक सय हर्सपावरको सिक्ने प्रयत्न कदापि नगर्नुहोला । सानो डिस्प्लेसमेन्ट भएको हल्का किसिमको मोटरसाइकल नियन्त्रण गर्न सजिलो हुन्छ ।

– हेल्मेटलगायतका सुरक्षा सामग्री लगाएर मात्र मोटरसाइकल सिक्न अग्रसर हुनुहोस्। बाक्लो ट्राउजर र जुत्तासहित शरीरको माथिल्लो भाग पनि ढाक्ने किसिमका लुगा लगाउनुहोस् ।

– शुरुमा खाली मैदान र पछि कम भिडभाड भएका ठाउँमा मात्र चलाउनुहोस् ।

– शुरुमै भिडभाडमा चलाउँदा धेरै किसिमका खतरा आउँछन् ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ६ : ३१ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा