यसरी जोगाउनुहोस् मोबाइल « Khabarhub

यसरी जोगाउनुहोस् मोबाइल


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

यतिबेला तपाईंको हातमा कुन मोबाइल छ । अनि यो कति सुरक्षित छ । तपाईंले आँकलन गर्नुभएको छ ।
मोबाइल आम व्यक्तिका लागि अत्यावश्यक भइसकेको छ । अब यसको सुरक्षा मुख्य चुनौती हो । मोबाइललाई जोगाउन केहि कुरामा ध्यान दिन आवश्यक छ ।

तपाईंको हातमा भएको मोबाइल यसरी जोगाउनुहोस् :

लामो समय चार्ज नगर्ने
मोबाइल फुल चार्ज भइसकेपछि चार्जबाट तुरुन्त निकाल्नुपर्छ । धेरैले जतिवेला पनि चार्जमा राखेको पाइन्छ । धेरै समय चार्जमा राख्दा मोबाइल पड्किने डर हुन्छ । मोबाइल चार्ज गरिसकेपछि स्पिच अफ गरेर राख्नुपर्छ ।

ब्याक साइड

स्मार्टफोनको डिस्प्लेबाहेकको भागलाई पनि उत्तिकै सुरक्षित राख्नु आवश्यक पर्छ । पछाडिको भाग नकोरियोस् वा नफुटोस् भनेर ब्याक कभर प्रयोग गर्नुपर्छ । ब्याक कभरले स्मार्टफोनलाई सुरक्षित र आकर्षक दुवै बनाउँछ । मोबाइल फोनको साइजअनुसार टिपिक्क मिल्ने कभर प्रयोग गर्नुपर्छ । खुकुलो कभर फुत्किने पनि डर हुन्छ ।

डिस्प्लेको सुरक्षा

कुनै पनि स्मार्टफोनको डिस्प्ले निकै संवेदनशील हुन्छ । डिस्प्लेको सानो भाग फुट्यो वा कोतरियो भने पनि नराम्रो देखिन्छ । डिस्प्ले सुरक्षाका लागि विभिन्न प्रकारका प्लास्टिकका खोल पाइन्छ । यस्ता खोलले डिस्प्ले फुट्न वा स्क्र्याच हुनबाट जोगाउँछ ।

चोरी हुनबाट यसरी जोगाउने

मोबाइल हराउनुको अर्थ त्यहाँ भएका गोप्य कागजात र अभिलेख गुम्नु पनि हो । तसर्थ, मोबाइलधनीले समयमै सावधानी अपनाउन आवश्यक छ ।

चोरीबाट जोगाउन स्मार्टफोनमा रहेको एन्ड्रोइड डिभाइस म्यानेजरलाई एक्टिभ बनाउनुपर्छ, ताकि फोन हराउँदा कहाँ लगिएको छ भन्ने स्थान पत्ता लगाउन सकियोस् । कतिपय स्मार्टफोनमा गुगल ‘साइन इन’ हुन्छ, जसबाट हराएको मोबाइल तत्कालै फेला पार्न सकिन्छ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ६ : ४९ बजे

वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ?

काठमाडौं– असोज ९ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न विद्युतीय

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई

नेपालमा प्रत्येक वर्ष रेबिजबाट एक सय जनाको जान्छ ज्यान

काठमाडौं– नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष करिब १ सय