स्क्रब टाइफस के हो ? कसरी बच्ने ? « Khabarhub

स्क्रब टाइफस के हो ? कसरी बच्ने ?


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डेंगुको संक्रमणले आत्तिएका नेपालीको मन यसको नियन्त्रणसँगै केहि शान्त भएको छ । तर फेरि अर्को बिरामले नेपालीलाई हैरान बनाएको छ ।

राजधानी काठमाडौंसहित देशका ६१ जिल्लामा स्क्रब टाइफस रोग देखिएको छ। यो रोगबाट यस वर्ष हालसम्म तीन जनाको मृत्यु भइसकेको बताइएको छ।

विगतका वर्षमा फाट्टफुट्ट देखिने गरेको स्क्रब टाइफस असर यस वर्ष धेरै ठाउँमा देखिएको छ। मुसाबाट सर्ने भएकोले तिनीहरूबाट जोगिनु नै सबैभन्दा उपयुक्त विकल्प भएको चिकित्सकहरू बताउँढछ ।

के हो स्क्रब टाइफस?

यो एक प्रकारको सरुवा रोग हो जुन मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्छ। चिकित्सहरूका अनुसार मानिसबाट मानिसमा चाहिँ स्क्रब टाइफस सर्दैन।

यो रोग किर्नामा पाइने ओरेन्टिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्छ। मुसामा हुने किर्ना अर्थात् माइट प्रायः झाडी, खेतबारी, वनजङ्गल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिनेगर्छ।

लक्षण के के हुन्?

  • धेरै ज्वरो आउनु (१०४ डिग्री फरेन्हाइटभन्दा बढी)। काम ज्वरो पनि आउन सक्छ
  • धेरै टाउको दुख्नु, पसिना धेरै आउनु
  • आँखा रातो हुनु, झाडापखाला लाग्नु
  • बिस्तारै शरीरका मुख्य अङ्गले काम गर्न छाड्नु
  • कीराले टोकेको ठाउँमा रातो दाग देखिन सक्छ। पछि कालो दाग बस्न सक्छ

बच्ने उपाय के के हुन्?

  • खेतबारीमा काम गर्दा, वनजङ्गल वा झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाक्ने कपडा लगाउने,
  • सम्भव भएसम्म लामो जुत्ता लगाउने
  • घाँसबारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने ।
  • सम्भव भएसम्म भुइँमा नबस्ने खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने
  • सकेसम्म घाँसबारी वा चउरमा नबस्ने
  • चउर, बारी, झाडी, घाँस तथा घुरान बढ्न नदिने
  • मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ६ : ५८ बजे

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा