आज नेपाल र सिंगापुर भिड्दै « Khabarhub

आज नेपाल र सिंगापुर भिड्दै


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको दोस्रो खेलमा आज (शनिबार) नेपाल र सिंगापुर भिड्दैछन् ।

सिरिजको पहिलो खेलमा टेष्ट राष्ट्र जिम्बावेसँग ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा सिंगापुरको सामना गर्न लागेको हो ।

इन्डियन एसोसियसनको मैदानमा नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार साँझ सवा ५ बजे शुरु हुनेछ ।

घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । सिरिजको फाइनलमा पुग्न नेपाललाई जित आवश्यक छ ।

यस्तै नेपाल घरेलु टिमसँग दुई महिनाअघि सिंगापुरमै भएको आईसीसी टी-ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ ।

एसिया छनोटमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको थियो । जसको कारण नेपाल ग्लोबल छनोटमा पुग्न असफल भएको थियो ।

यता, सिंगापुर पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ । यस्तै सिंगापुर नेपालमाथि पुनः जित निकाल्न चाहन्छ ।

डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको अंक तालिकामा नेपाल अंक विहिन रहेको छ । जिम्बावे २ अंक जोडेर शीर्ष स्थानमा छ ।

सिरिज अन्तर्गत नेपालले मंगलबार पुनः जिम्वाबेसँग खेल्नेछ । यस्तै बुधबार नेपालले पुनः सिंगापुरसँग खेल्नेछ ।

सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ८ : २० बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको