अभाव झेल्दै छात्रावासका मुक्त कमलरी बालिका « Khabarhub

अभाव झेल्दै छात्रावासका मुक्त कमलरी बालिका


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ को ऐरीमा रहेको पूर्ण माध्यमिक विद्यालयको आवासीय छात्रावासमा बसेर अध्ययन गर्दै आएका मुक्त कमलरी बालिका आर्थिक अभाव झेल्दै आएका छन् ।

बालिकालाई लुगा खरीद गर्न, खाना खर्च जुटाउन, औषधि उपचारका लागि खर्चको अभाव भएको हो । छात्रावासमा बसेर अध्ययन गर्दै आएका ३२ बालिकामध्ये अधिकांश अभिभावकविहीन अवस्थाका छन् । कमलरी बालिका कक्षा १ देखि कक्षा १२ सम्म अध्ययनरत छन् ।

सरसफाइ खर्चबापत कमलरी बालिकालाई मासिकरुपमा ५ सय दिइने गरेको छ । जसबाट उनीहरुले नुहाउने लुगा धुने साबुन र सोडा खरीद गर्दै आएका छन् । थारै खर्च रकम भएकाले नपुग्ने मुक्त कमलरी विकास मञ्चका केन्द्रीय सदस्य शान्ति चौधरीले भनिन्, “औषधोपचारका लागि खर्चको व्यवस्था नहुँदा निकै गाह्रो छ ।”

अभिभावक नभएका मुक्त कमलरी बालिकाले एक जोर विद्यालय पोशाकमै वर्ष कटाउनु पर्ने बाध्यता रहेको उनले बताए । पहिला केही दातृ निकायले मुक्त कमलरी बालिकालाई सहयोग रकम जुटाइने कार्यले गर्दा सहज भएपनि हाल दातृ संस्थाले हेर्न छाडेपछि कमलरी बालिका आर्थिक अभाव झेल्न बाध्य भएका छन् ।

दश महीनासम्म खाना खर्चका लागि बजेटको व्यवस्था गरिने भएपनि दुई महिना खाना खर्च जुटाउन कमलरी बालिकालाई निकै समस्या हुने गरेको छ । विद्यालयका प्रधानाध्यापक पर्शुराम पन्त छात्रावासमा पढ्दै आएका मुक्त कमलरी बालिकाको लुगाफाटोको व्यवस्था सङ्घ संस्थाले दिएकै भरमा हुने गरेको बताए ।

कमलरी बालिकाका लागि अतिरिक्त खर्च कुनै पनि निकायबाट उपलब्ध नहुँदा जेनतेन धानिँदै आएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ११ : ५९ बजे

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण

आँचललाई जन्मदिनको उपहार टिजर

काठमाडौं – शीर्ष नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म