मोटरसाइकल दुर्घटनामा प्रहरी नायब निरीक्षकको मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकल दुर्घटनामा प्रहरी नायब निरीक्षकको मृत्यु


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिक्कल- इलामको छाँगेमा मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ ।

शनिबार दिउँसो इलामको बरबोटे–सुम्बेक सडकखण्डको छाँगेमा को १ ब २२८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा इलाम नगरपालिका–५ बरबोटेमा कार्यरत प्रहरी नायब निरीक्षक रवि मगरको मृत्यु भएको हो ।

इटहरी उपमहानगरपालिका–१ सुनसरी स्थायी घर भएका प्रहरी नायब निरीक्षक मगर आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको इलाम नगरपालिका–५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रामसेवक मोचेको इलाम अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ५ : ४८ बजे

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

हेटौँडा– हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको

कुशे औँसी :  संस्कार, श्रद्धा र सामाजिक शिक्षा

नेपालको सांस्कृतिक जीवन सदैव विविध पर्व र परम्पराले समृद्ध रहेको

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय