अमेरिकामा सडक दुर्घटनामा परी एक नेपाली विद्यार्थीको मृत्यु | Khabarhub Khabarhub

अमेरिकामा सडक दुर्घटनामा परी एक नेपाली विद्यार्थीको मृत्यु


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाको लुजियाना स्टेट युनिभर्सिटीमा अध्ययनरत एक नेपाली विद्यार्थीको सडक दुर्घटनामा मृत्यु भएको छ ।

सिन्धुपाल्चोक घर भएका २६ वर्षीय विनोद नेपालको उपचारको क्रममा गत बिहीबार मृत्यु भएको हो ।

सिभिल इन्जिनियरिङ पढ्दै गरेका उनलाई आफ्नो घर जाने क्रममा गत सोमबार सवारी साधनले ठक्कर दिएको थियो ।

दुर्घटनाबाट गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएकोमा बिहीबार मृत्यु भएको हो ।

उनको दाह संस्कारका लागि खर्च अभाव हुँदा ‘गो फण्ड’ खोलिएको छ ।

लुजियाना युनिभर्सिटीका नेपाली विद्यार्थी संघका सभापति राजन ढकालले संघको तर्फबाट ‘गो फन्ड’ खोलेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ६ : १५ बजे

जनता आवास कार्यक्रमअन्तर्गत २० घर निर्माण हुँदै, ७० लाख बजेट विनियोजन

अत्तरिया– जनता आवास कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरमा २० घर निर्माण

जापानको तेल प्रशोधन केन्द्रमा ग्याँस चुहावट, एक जनाको मृत्यु

एजेन्सी – जापानको ओसाका प्रान्त अन्तर्गतको सकाई सहरमा रहेको एक

गाउँभरी नै व्यावसायिक किबीखेतीमा

तम्घास – गुल्मीको कालीगण्डकी गाउँपालिकाका किसान किबीखेतीमा आकर्षित भएका छन्

अहिले कुनै प्रकारको प्रतिगमन सम्भव छैन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक

एजेन्सी– चीनले ‘डिजिटल चीन’ निर्माणलाई अघि बढाउन सन् २०२५ का