अमेरिकामा सडक दुर्घटनामा परी एक नेपाली विद्यार्थीको मृत्यु « Khabarhub

अमेरिकामा सडक दुर्घटनामा परी एक नेपाली विद्यार्थीको मृत्यु


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाको लुजियाना स्टेट युनिभर्सिटीमा अध्ययनरत एक नेपाली विद्यार्थीको सडक दुर्घटनामा मृत्यु भएको छ ।

सिन्धुपाल्चोक घर भएका २६ वर्षीय विनोद नेपालको उपचारको क्रममा गत बिहीबार मृत्यु भएको हो ।

सिभिल इन्जिनियरिङ पढ्दै गरेका उनलाई आफ्नो घर जाने क्रममा गत सोमबार सवारी साधनले ठक्कर दिएको थियो ।

दुर्घटनाबाट गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएकोमा बिहीबार मृत्यु भएको हो ।

उनको दाह संस्कारका लागि खर्च अभाव हुँदा ‘गो फण्ड’ खोलिएको छ ।

लुजियाना युनिभर्सिटीका नेपाली विद्यार्थी संघका सभापति राजन ढकालले संघको तर्फबाट ‘गो फन्ड’ खोलेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ६ : १५ बजे

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार