‘फुरुरु हिउँ झरिरहेको छ, अन्धकार भीरमा शव रुँघेर बस्यौं’ « Khabarhub

‘फुरुरु हिउँ झरिरहेको छ, अन्धकार भीरमा शव रुँघेर बस्यौं’


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- ‘अन्धकार भिरमा आगो बालेर बसिरहेका छौँ, तीन वटा शव रुँघेर, फुरुरु हिउँ झरिरहेको छ, न ओताउने छाना, न राम्रोसँग अडिएर बस्ने ठाउँ, चिप्लिएर झरिहालियो भने एकै पटक तल पुगिन्छ,’ हेलिकप्टर दुर्घटनास्थल ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित मयामको तारेढुङ्गाबाट ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले भने ।

घटनाबारे जानकारी हुनासाथ सदरमुकामबाट दौडिएका प्रहरी नायब उपरीक्षक थापा करीब ४ बजे घटनास्थलमा पुगेका थिए । कतै डोरी राखेर झुन्ँडिदै पुगेका प्रहरी नायब उपरीक्षकसँग प्रजिअ अनुज भण्डारी थिए। भण्डारी साँझ सदरमुकाम फर्किए पनि घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ४५ जनाभन्दा बढी सुरक्षाकर्मी शव रुँघेर बसे।

बिहानैदेखि ताप्लेजुङको मौसम प्रतिकुल बनेको छ । मध्याह्नदेखि पाथीभरा क्षेत्रमा हुरीबताससहित हिमपात भएको थियो । अहिले पनि हिमपात भइरहेको निरीक्षक थापाले बताए । नेपाली सेनाको हेलिकप्टरले दुई पटक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएको छ ।

थापाले भने ‘गर्दागर्दै रात पनि पर्‍यो, मौसम प्रतिकुल भएपछि अरू शव हेलिकप्टरले उठाउन सकेन, मानिसले बोकेर निकाल्न सकिने अवस्था छैन, तीन शव रुँघेर बस्यौं, बिहान पुनः हेलिकप्टरबाट शव लगियो ।’ हेलिकप्टरमा बास्केट राखेर शवहरू सुकेटारमा पुर्‍याइएको हो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ८ : २० बजे

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली