हेलिकप्टर दुर्घटना प्रकरणः ताप्लेजुङमा जिल्ला सुरक्षा समिति बैठक « Khabarhub

हेलिकप्टर दुर्घटना प्रकरणः ताप्लेजुङमा जिल्ला सुरक्षा समिति बैठक


१६ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौँ पठाउनका लागि आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै जिल्ला सुरक्षा समितिको बैठक बसेको छ ।

आवश्यक कानूनी प्रक्रिया पूरा हुनेवित्तिकै शव काठमाडौँतर्पm पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताएका छन् ।
उनका अनुसार मौसममा सुधार आउने बित्तिकै शवहरू काठमाडौँ पठाइनेछन् ।

ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्रमा कुहिरोले ढाकिरहेको छ ।

हिजो बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको डाइनेस्टी एयरको हेलिकप्टर सिस्नेभीर नजिकै दुर्घटनाग्रस्त हुँदा सबै सातजनाको निधन भएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  १० : २५ बजे

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं– चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा

भोटेकोशी विपत्तिबारे बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस, नेपाललाई ५३ देशको समर्थन

काठमाडौँ– नेपालले भोटेकोशी–त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस

मुस्ताङमा एक पथ प्रदर्शकको मृत्यु

मुस्ताङ– मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स