पीएसएल : उत्कृष्ट लयमा सन्दीप, सर्वाधिक विकेट लिनेमा शीर्ष पाँचमा « Khabarhub

पीएसएल : उत्कृष्ट लयमा सन्दीप, सर्वाधिक विकेट लिनेमा शीर्ष पाँचमा


१६ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली लाहोर कलान्दर्सले पाकिस्तान सुपर लिग (पीएसएल) मा आज  (बिहीबार) कराँची किङ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार पौने १० बजे कराँची र कलान्दर्सबीचको खेल हुनेछ ।

लेगस्पिनर सन्दीपले पीएसएलमा आफ्नो प्रभाव कायम गर्न सफल भएका छन् । पीएसएलको आफ्नो पहिलो खेलमा सन्दीप महंगा सावित भएका थिए । त्यसपछिका दुई खेलमा सन्दीप लगातार आफ्नो बलिङ कसिलो गर्दै विपक्षी ब्याट्सम्यानमाथि हावी भइरहेका छन् । बुधबार सन्दीपले आफ्नो करियरको उत्कृष्ट बलिङ प्रदर्शन गरे ।

पीएसएलको पहिलो खेलमा सुल्तान मुल्तानविरुद्ध ४ ओभर बलिङ गर्दै ४६ रन खर्चेर २ विकेट लिएका सन्दीपले क्वेटा विरुद्धको खेलमा ४ ओभर नै बलिङ गरेर २० रन खर्चदै १ विकेट लिएका थिए । सन्दीपले आफ्नो तेस्रो खेलमा उत्कृष्ट बलिङ गर्दै क्वेटा ग्लाडियटर्सविरुद्ध ४ ओभरै बलिङ गर्दै १० रन मात्रै खर्चेर ४ विकेट लिएका थिए । उक्त खेलमा उनी म्यान अफ दि म्याच समेत घोषित भएका थिए ।

आज कराँची किङ्स विरुद्ध ख्ेल्न लागेको लाहुरका लागि सन्दीपले आफ्नो उत्कृष्ट लय कायम राख्ने अपेक्षा नेपाली क्रिकेट प्रशंसकले गरेका छन् ।

सन्दीपले पीएसएलमा खेलेका ३ खेलमा १२ ओभर बलिङ गर्दै ७६ रन खर्चेर ८ विकेट लिँदै शीर्ष पाँचौं स्थानमा रहेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  १२ : ४० बजे

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच